काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध आक्रोश पोखेका छन्। बालुवाटारमा शनिबार बसेको सर्वदलीय बैठकमा ओलीले सभामुखमाथि आक्रोश पोखेका हुन्।
ओलीले सभामुखलाई संसद्मा गर्नुपर्ने कामलाई छाडेर अराजक र अनैतिक काममा लागिरहेको आरोप लगाएको सहभागी राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बैठकबाट बाहिरिने क्रममा जानकारी दिए।
ओलीले संसदमा अवरोध गरेर सरकारलाई काम नै गर्न नदिएको समेत आराेप लगाए। 'उहाँले संसद्मा गर्नुपर्ने काम नगरेर असहयोग गरिरहे, काम नै गर्न दिएनन्...