काठमाडौं, ६ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा कुनै सल्लाह नै नगरी परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गरेको भन्दै आक्रोश पोखेका छन् । उनले सभापतिले कसलाई मन्त्री बनाउने भनेर पार्टीभित्र छलफल नगर्नु अराजक प्रवृत्ति भएको पनि टिप्पणी गरेका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा नेता पौडेलले […]