प्रदेश १ को विपक्षी गठबन्धनका दलहरू सभामुखसँग रुष्ट बनेका छन् ।
आज बसेको संसद बैठकमा बोल्ने प्रतिपक्षी दलका दुई सांसदले अल्पमतमा परेको सरकारले विश्वासको मत नलिएको भन्दै विपक्षीले सरकारको आलोचना गर्दै सरकारलाई नै साथ दिएको भन्दै सभामुखसँग समेत आक्रोश पोखेका छन् ।
प्रदेश सभाको विशेष समयमा बोल्दै नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले सरकारले लाजलाई छोप्ने कुनै उपाय बाँकी नराखेको टिप्पणी गरे ।
राईले सरकार संविधान र ऐन कानूनलाई नमान्ने गरी अराजक रूपमा अघि बढ्दा सभामुख मौन रहनुले आश्चर्य लागेक...