प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अनुचित ढंगले कब्जा गर्ने, आन्दोलन ध्वस्त पार्ने प्रयास भएको भन्दै त्यो कृयाकलाप अहिले पनि जारी रहेको बताएका छन् । पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले अहिले पनि फ्लोर क्रस गर्ने तथा पार्टी हितविपरितका गतिविधिलाई जारी राखेको भन्दै ओलीले आक्रोश पोखे । ‘पार्टीकै नाउमा पार्टीभित्रबाट कहीँ फ्लोर क्रस गर्ने, नेपालको संसदीय आन्दोलन, लोकतान्त्रिक आन्दोलन र संसदीय इतिहासमा यति साह्रो अराजक, यस्तो दृश्य कहीँ कतैपनि देखिएको