कुमारी लामा
बर्सेनिजसो विश्वका विभिन्न सहरमा ‘फ्री टिबेट’को नारा उर्लिन्छ । आत्मदाह प्रयासका घटना पनि दोहोरिरहन्छन् । सामान्य अवस्थामा के कसैले आफ्नो ज्यानमा आगो झोस्न सक्ला ?
अनागरिक हुनुको गहिरो पीडा र आफ्नो राष्ट्रप्रतिको सीमातीत प्रेमकै कारण ऊ आफैलाई सिध्याउन पनि तयार हुन्छ । पुर्खाको थातथलो छाडी अर्काको देशमा भगुवा शरणार्थी हुनु,...