प्रकाशकुमार श्रेष्ठ अर्थात् मालिका केशरीको तेस्रो उपन्यास ‘दुङाल’ सार्वजनिक भएको छ ।
तिब्बती शरणार्थीका पीडालाई विषयवस्तु बनाएर लेखिएको उपन्यास शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा इतिहास एवं संस्कृतिका अन्वेषक डा रमेश ढुङ्गेल, राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य सुदीप पाठक, पूर्वस्वास्थ्य सचिव डा सुधा शर्मा र लेखकले सार्वजनिक गरेका हुन् ।
पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अन्वेषक ढुङ्गेलले राष्ट्रविहीन हुनुपर्दाका अप्ठ्यारा पुस्तकमा समेटिएको बताए। संस्कृति र सामाजिक अवस्थाका कारण प्रेमी–प्रमिका...