बाध्यतावश आफ्नो जन्मभूमि र थातथलो छोडेर अर्कैको देशमा अनागरिक भएर बस्न कसलाई मन हुन्छ र ! तर सुन्दर भविष्यको आशामा आफ्नो थातथलो छोड्न विवश छन् मान्छेहरू । युद्ध, अत्याचार, भोकमरी र महामारी लगायतका अनेकन आन्तरिक र बाह्य कारणले मान्छे नचाहँदै नचाहँदै आफ्नो देश छोड्न विवश हुन्छ । त्यसरी देश छाड्नेहरूसँग पनि त स्वाभिमान हुन्छ । […]