जीवन विकास लघुवित्त वित्तिय संस्थाः गैससबाट लघुवित्तको क्षेत्रमा लामो फड्को

काठमाडौं। पछिल्लो समय रिटेल लघुवित्तमध्ये जीवन विकास लघुवित्त वित्तीय संस्थाको आक्रामक व्यवसाय बिस्तार र गुणस्तरीय प्रोफाइल छ। यसको सेयर

सम्बन्धित सामग्री

परम्परागत उद्यमशिलताका लागि लघुवित्तले दियो विपन्न परिवारलाई परेवा जोडी

परम्परागत सीपको उद्यमशिलता विकास गर्न  जीवन विकास लघुवित्त वित्तीय संस्थाले मोरङका नौं परिवारलाई परेवा प्रदान गरेको छ । जीवन विकासले मोरङको धनपालथान गाउँपालिका– ३ बेतौनाका अति विपन्न  ९ घर परिवारलाई दश...

जीवन विकास लघुवित्त संस्थाले दियो बालबालिकाका लागि निःशुल्क ट्युसन सेन्टरको सेवा

मोरङ – मोरङको जीवन विकास लघुवित्त संस्थाले बालबालिकाका लागि निःशुल्क ट्युसन सेन्टरको सेवा दिन थालेको छ। विपन्न तथा गरिब परिवारका बालबालिका विद्यार्थीलाई सेन्टरको सेवा अध्यापन गर्न सहज भएको सेन्टरको भनाइ छ। विराटनगर–१३ को रानी ज्योति महतोले लघुवित्तको सहयोगमा विद्यार्थीलाई निःशुल्क ट्युसन पढाउन थालेपछि अशक्त बालबालिकालाई समेत विद्यालयसम्म अध्ययनका लागि पुग्ने आँट आएको छ। रानीस्थित महतो […]

महिला कबड्डी टिमकी कप्तान मेनुका राजवंशी सम्मानित

१२   कात्तिक, विराटनगर । जीवन विकास लघुवित्त वित्तीय  संस्थाले राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मेनुकाकुमारी राजवंशीलाई सम्मान गरेको  छ । १९ औं एशियाली खेलकुदको कांस्य पदक जित्ने नेपाली टोलीको नेतृत्व गरेकी राजवंशीलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले  नगद  ५१ हजार रुपैयाँसहित सम्मान गरेको हो । मोरङको कटहरी गाउँपालिकामा केन्द्रीय कार्यालय रहेको  संस्थाले जहदा गाउँपालिकाकी स्थायी […]

जीवन विकास लघुवित्त वित्तीय संस्थाले पारित गर्‍यो ७३.६८ % लाभांश

चैत २७, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्ष २०७७/ ०७८ को वितरणयोग्य मुनाफाबाट प्रस्तावित ७०  प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ३ दशमलव ६८ प्रतिशत नगद लाभांश  पारित गरेको छ ।  उक्त सभाबाट सर्वसाधारण शेयरधनीतर्फ गोकर्ण खतिवडा र अशोक सिटौला सञ्चालकको रुपमा चयन भएका छन् । नवनियुक्त सञ्चालकहरुलाई कम्पनीका अध्यक्ष विक्रम राज सुबेदीले प्रमाण पत्रप्रदान गर्नुका साथै शपथ ग्रहण गराएका  थिए । सभा कम्पनीका अध्यक्ष विक्रम राज सुबेदीको अध्यक्षतामा सम्पन्न भएको हो ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

जीवन विकास लघुवित्त वित्तीय संस्थाको तेश्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । वित्तीय संस्थाका अध्यक्ष विक्रम राज सुवेदीको अध्यक्षता तथा जीवन विकास समाजका संस्थापक अध्यक्ष एवम् कार्यकारी निर्देशक योगेन्द्र मण्डलको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा सामुदायिक महिला विकास केन्द्रका अध्यक्ष मीरादेव विशिष्ट अतिथि तथा अन्य विभिन्न संघ संस्था एवम् निकायका प्रतिनिधिहरू अतिथिको रुपमा आमन्त्रीत रहेको कम्पनीले जनाएको छ ।  उक्त सभाबाट सर्व साधारण शेयरधनीहरु मध

नेप्सेले गर्‍यो जीवन विकास लघुवित्त र नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य समायोजन

चैत १०, काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जीवन विकास लघुवित्त वित्तीय संस्था र नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले जीवन विकास लघुवित्तको ७० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू. ३ हजार तोकेको छ । कम्पनीले बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ५ हजार १०० को आधारमा शेयरमूल्य समायोजन गरेको हो । त्यस्तै, नेप्सेले नेपाल दूरसञ्चार कम्पनीको २० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू. १ हजार २२० दशमलव ८३ तोकेको छ । कम्पनीको बिहीवार रू. १ हजार ४६५ मा अन्तिम कारोबार भएको छ । जीवन विकास लघुवित्तले लाभांश तथा साधारण सभा प्रयोजनको लागि चैत १२ गते र नेपाल दूरसञ्चार कम्पनीले चैत ११ गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । जीवन विकास लघुवित्तले शेयरधनीले गत आवको मुनाफबाट ७० प्रतिशत बोनस शेयर र ३ दशमलव ६८४२ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २५ गते साधारण सभा गर्ने जानकारी दिएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय कटहरी २ मोरङमा बिहान १०:३० बजे शुरु गर्नेछ । त्यस्तै, नेपाल दूरसञ्चार कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश करसहित गरेर कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २४ गते साधारण सभा बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब टुँडिखेल काठमाडौंमा दिनको ११ बजे साधारण सभा शुरु हुने जानकारी दिएको छ ।

जीवन विकासको आह्वान आवास निर्माणमा श्रमदान

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिकोत्सवको उपलक्ष्यमा सम्पूर्ण शाखामार्फत विभिन्न सामाजिक कार्य गरी वार्षिकोत्सव मनाएको छ।...

जीवन विकास लघुवित्त र खानीखोला हाइड्रोपावरको शेयरमूल्यमा सर्किट

साउन ३२, काठमाडौं । साताको दोस्रो कारोबार दिन  सोमवार दुई ओटा अलग - अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दाको समयसम्ममा जीवन विकास लघुवित्त वित्तीय संस्था खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । दुवै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो । जीवन विकास लघुवित्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू २ हजार ९३४ दशमलव ८० मा कारोबार  भइरहेको छ । मार्केट डेप्थमा उक्त कम्पनीको  खरीद अर्डर ३८लाख ७ हजार ३१७ कित्ता खरीद  अर्डर रहेको छ भने विक्री शून्य रहेको छ । त्यसैगरी उक्त अवधिसम्ममा खानीखोला हाइड्रोपावरको शेयरमूल्य रू. ४५९ दशमलव ८०  मा कारोबार भइरहेको छ । विक्रेताभन्दा क्रेता धेरै भएकाले ती कम्पनीको शेयरमूल्य बढेको हो ।

जीवन विकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सर्किट

साउन २५, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार जीवन विकास लघुवित्त वित्तीय संस्था र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जीवन विकास लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र यूनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ ।  ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । जीवन विकास लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ८२२ दशमलव ४० र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य रू. ५८३ दशमलव ९० पुगेको छ ।  ती दुबै कम्पनीले केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेका थिए । केहिदिन अघिमात्र दोस्रो बजारमा ती कम्पनीको कारोबार भएकाले पनि यो दिनको कारोबारमा विक्रेताभन्दा क्रेता धेरै भएका हुन् ।  यो समाचार तयार पार्दाको समय १२ : ४८ बजेसम्ममा मार्केट डेप्थमा हेर्दा यूनियन लाइफ इन्स्योरेन्सको ५ लाख ८० हजार ६६३ कित्ता खरीद माग रहेको छ भने जीवन विकास लघुवित्तको ४ लाख ५३ हजार ८२ कित्ता शेयर खरीद माग रहेको हो । दुबै कम्पनीको शेयरमा विक्रेता भने शून्य देखिएका छन् ।

जीवन विकासको पहिलो कारोबार मूल्य प्रतिकित्ता ९१४ रूपैयाँ

सेयर बजारमा जीवन विकास लघुवित्त कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ९१४ रुपैयाँमा भएको छ।