चौतर्फी आलोचनापछि कर्णाली प्रदेश अस्पतालले भन्यो - जटिल खालका बिरामी मात्र अस्पताल आउनुहोला

चौतर्फी आलोचना भएपछि कोरोनाका नयाँ बिरामीलाई भर्ना नलिने भन्दै विज्ञप्ति निकालेको प्रदेश अस्पताल सुर्खेतले २४ घण्टा नबित्दै कोरोनाका जटिल खालका बिरामीलाई मात्र अस्पताल पठाउन अनुरोध गरेको छ । आजै एक विज्ञप्ति जारी गर्दै  कोरोनाका जटिल प्रकारका बिरामी भए मात्र अस्पतालमा रिफर गर्न आग्रह गरेको हो ।उक्त विज्ञप्तिमा लेखिएको छ, ‘यस अस्पतालमा संकटको घडिमा स्वास्थ्य संस्थाहरु र त्यहाँ कार्यरत सबै तहका स्वास्थ्यकर्मीहरु अत्यन्त जिम्मेवार र संवेदनशील भइ अझ मेहनतका साथ काम गर्नु पर्ने अ

सम्बन्धित सामग्री

सुविधा बढाउँदै कर्णाली प्रदेश अस्पताल

वीरेन्द्रनगर । कर्णाली प्रदेश अस्पताल सुविधासम्पन्न बनाउन भौतिक पूर्वाधारसँगै सेवा पनि विस्तार गरिएको छ । पाँच सय शय्यासहितको अस्पताल बनाउन पूर्वाधार निर्माण गर्न थालिएको हो । पछिल्लो समय स्वास्थ्य सेवा विस्तारसँगै भौतिक पूर्वाधार विकासको काम पनि अघि बढाइएको छ । विशेषज्ञ चिकित्सकको व्यवस्था, भौतिक संरचना विस्तार, आधुनिक र प्रविधिमैत्री चिकित्सा उपकरणसहितको विशेषज्ञ चिकित्सकको व्यवस्था गरिने भएको छ । अस्पतालका निर्देशक डा. डम्मर खड्काले अस्पताललाई पाँच सय शय्याको बनाउने गरी भवनको तला थप गर्न लागिएको जानकारी दिए । तला थप गर्न प्रदेश सरकारले करीब रू. डेढ अर्ब बजेट छुट्ट्याएको छ । आगामी तीन वर्षमा निर्माण गरिसक्ने गरी काम अघि बढाउन लागिएको उनले उल्लेख गरे । भौतिक पूर्वाधार विकास सँगसँगै अस्पतालको स्वास्थ्य सेवामा पनि सुधार र विस्तार गरिँदै छ । अस्पताल आएका बिरामीलाई अन्यत्र स्वास्थ्य संस्थामा पठाउन नपर्नेगरी सुविधा विस्तार गर्न लागिएको छ । हालै मात्र अस्पतालले मिर्गाैला प्रत्यारोपण सेवा पनि सञ्चालनमा ल्याएको छ । यहाँ अहिलेसम्म मिर्गौला प्रत्यारोपणको सुविधा थिएन । मिर्गौला प्रत्यारोपण गर्नुपरेमा काठमाडौं नै जानुपर्ने बाध्यता रहेकोमा अब भने यस्तोे जटिल उपचार सेवा कर्णालीमै पाइने भएपछि बिरामीलाई निकै सहज हुने अपेक्षा गरिएको छ । यसैगरी अस्पतालले अप्थाल्मोलोजी, न्यूरो सर्जरी र स्पाइनल सर्जरी सेवा थप गरेको छ । अक्सिजन प्लान्टको व्यवस्थाका साथै पाइप लाइन जडान तथा सञ्चालन पनि हुँदै आएको छ । अस्पतालले रक्तसञ्चार सेवा सञ्चालन र खाना पकाउने सोलार सिस्टम जडान गर्न लागेको छ । यस वर्ष अस्पतालले ‘ख’ वर्गको एम्बुुलेन्स सञ्चालन र अस्पतालका कर्मचारीको ५० प्रतिशत स्वास्थ्य बीमा शुरू गरेको छ । त्यसैगरी अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गर्न पनि पहल भइरहेको छ । यसका लागि ‘सुर्खेत स्वास्थ्य विज्ञान प्रतिष्ठान’ ऐनको मस्यौदा तयार पारी सरोकारवालासँग छलफल गराइएको छ । सेवा विस्तारसँगै पछिल्लो समय अस्पतालमा बिरामीको चाप पनि बढेको छ । कर्णाली प्रदेशसँगै लुम्बिनी र सुदूरपश्चिमसहित भारतबाट समेत उपचारका लागि बिरामी आउने गरेकाले अस्पतालमा बिरामीको चाप बढ्न थालेको निर्देशक डा. खड्काले बताए । रासस

‘हेड’ र ‘स्पाइनल इन्जुरी’ को उपचार सेवाबाट कर्णालीका बिरामी लाभान्वित

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा दुवै खाले समस्याका सामान्य तथा जटिल खालका उपचार हुन थालेपछि यहाँका नागरिकको स्वास्थ्य, समय र पैसाको बचत भएको छ।

कर्णाली प्रदेश अस्पताल :  बढ्दै बिरामी, थला पर्दै स्वास्थ्यकर्मी

सुर्खेत : कोरोना संक्रमणको तेस्रो लहर सुरु भएसँगै कर्णाली प्रदेश अस्पताल सुर्खेतमा बिरामीको चाप बढ्दै गएको छ। बिरामीलाई उपचार सेवा प्रदान गर्ने अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी नै थला पर्न थालेका छन्।विगत एक महिनाअघि दैनिक तीन, चार सय सेवाग्राही (बिरामी) आउने प्रदेश अस्पतालमा हाल ह्वात्तै बिरामीको संख्या बढेको छ।अस्पतालका अनुसार हाल दैनिक पाँचदेखि सात सय जनासम्म सेवाग्राही अस्पताल आउँछन् तर तिनै बिरामीलाई सेवा दिन बसेका स्वास्थ्यकर्मी नै कोरोना संक्रमित बन्न थालेपछि सेवा प्रवाहमा सक

कर्णाली प्रदेश अस्पतालले बढायो सेवा समय

कर्णाली – प्रदेश अस्पताल सुर्खेतले बिरामीको बढ्दो चापलाई ध्यानमा राखी सेवा समय बढाएको छ। अस्पताल प्रशासनले सार्वजनिक बिदाको दिनबाहेक बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म सेवा सञ्चालन गर्ने जनाएको छ। अस्पतालका प्रवक्ता डा विकास केसीले कुनै पनि बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भनेर समयावधि बढाइएको बताए। बिरामीको अत्यधिक भीड हुने र समयाभावका कारण औषधोपचार सेवा […]

प्रदेश अस्पतालमा संक्रमितलाई बेड छैन, राजनीति छ !

७ जेठ, सुर्खेत । कोरोना महामारीले विकराल रुप लिँदै गर्दा कर्णाली प्रदेश अस्पताल गम्भीर प्रकृतिका बिरामीले भरिएको छ । आईसीयू–भेन्टिलेटर जस्ता सुविधा त धेरै परको कुरा भइसक्यो, नागरिकले अस्पतालको बरण्डामा बसेर अक्सिजनसमेत पाउन सकेका छैनन् । अक्सिजन अभावकै कारण हरेक दिन मानिसले मृत्युवरण गर्नु परेको छ । अस्पतालमा दैनिकजसो ८० जना भन्दा बढी बिरामी भर्ना […]

अक्सिजन अभाव : कर्णाली प्रदेश अस्पतालले कोरोनाका बिरामी भर्ना नलिने

कर्णाली प्रदेश अस्पताल सुर्खेतले अक्सिजनको अभाव भएको भन्दै कोरोनाका नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पतालले शुक्रबार साँझ सूचना निकालेर अक्सिजन अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने जनाएको हो । नेपालगन्जबाट...

जटिल अवस्थाका बिरामी मात्र रिफर गर्न कर्णाली प्रदेश अस्पतालको आग्रह

१ जेठ, सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतले जटिल अवस्थाका बिरामीलाई मात्र रिफर गर्न आग्रह गरेको छ । अक्सिजन अभाव देखाउँदै थप बिरामी भर्ना नलिने बताएको अस्पतालले शनिबार अर्को विज्ञप्ति जारी गर्दै जटिल प्रकारका बिरामी भए मात्र अस्पतालमा रिफर गर्न आग्रह गरेको हो । कोरोना संकट व्यवस्थापन समितिको बैठकले सामान्य संक्रमितलाई स्थानीय तहमै उपचार गर्ने […]

अक्सिजन अभाव : प्रदेश अस्पताल सुर्खेतले बिरामी भर्ना लिन नसक्ने

सुर्खेत – अक्सिजनको अभाव भए पछि कर्णाली प्रदेश अस्पताल सुर्खेतले थप बिरामी भर्ना लिन नसक्ने जानकारी गराएको छ ।  प्रदेशकै भरोसाको अस्पतालका रुपमा रहेको यस अस्पतालमा अक्सिजनको आपूर्ति हुन नसके पछि भर्ना लिन नसकिने प्रदेश अस्पतालका डा. डम्मर खड्काले जानकारी दिनुभयो । उहाँले सूचना जारी गरेर अक्सिजनको आपूर्ति हुन नसकेकोले अस्पतालमा थप बिरामी भर्ना लिन कठिनाइ भएको बताउनुभएको हो ।  प्रदेश अस्पतालमा रहेका दुई वटा अक्सिजन प्लान्टमध्ये एउटा बिग्रेको छ । बिरामीको संख्या थपिँदै गएपछि अक्सिजनको अभाव भएको उहाँको भन...

कोभिडका नयाँ बिरामी भर्ना गर्न नसक्ने अवस्थामा पुग्यो कर्णाली प्रदेश अस्पताल

सुर्खेतको वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेश अस्पताल पनि कोभिड–१९ संक्रमण भएका नयाँ बिरामी भर्ना गर्न नसक्ने अवस्थामा पुगेको छ।

कर्णालीमा थप तीन सङ्क्रमितको मृत्यु

सुर्खेत । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ  । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् ।  कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत दुईजना कोरोना सङ्क्रमित बिरामीको गए राति मृत्यु भएको अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा के.एन पौडेलले जानकारी दिए। उनका अनुसार भेरीगङ्गा नगरपालिका–४ सुर्खेतका ६४ र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय दुईजना पुरुषको मृत्यु भएको हो ।भेरीगङ्गा नगरपालिकाका बिरामी वैशाख ५ र वीरेन्द्रनगरका बिरामी वैशाख ११ गतेदे