सुर्खेत – अक्सिजनको अभाव भए पछि कर्णाली प्रदेश अस्पताल सुर्खेतले थप बिरामी भर्ना लिन नसक्ने जानकारी गराएको छ ।
प्रदेशकै भरोसाको अस्पतालका रुपमा रहेको यस अस्पतालमा अक्सिजनको आपूर्ति हुन नसके पछि भर्ना लिन नसकिने प्रदेश अस्पतालका डा. डम्मर खड्काले जानकारी दिनुभयो । उहाँले सूचना जारी गरेर अक्सिजनको आपूर्ति हुन नसकेकोले अस्पतालमा थप बिरामी भर्ना लिन कठिनाइ भएको बताउनुभएको हो ।
प्रदेश अस्पतालमा रहेका दुई वटा अक्सिजन प्लान्टमध्ये एउटा बिग्रेको छ । बिरामीको संख्या थपिँदै गएपछि अक्सिजनको अभाव भएको उहाँको भन...