डोटी । डोटीमा मंगलबार राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्न सिफारिस गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्न सिफारिस गरेको हो । पछिल्लो समयमा कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै डोटीमा पनि निषेधाज्ञा जारी गर्न लागिएको हो ।