सिभिल बैंकको अध्यक्षमा प्रताप जङ्ग पाण्डे चयन भएका छन् ।
बैंकको बुधवार बसेको संचालक समितिको ३६२ औं बैठकले संचालक प्रताप जङ्ग पाण्डेलाई संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।
बैंक अध्यक्ष चयन भए पश्चात प्रताप जङ्ग पाण्डेले सर्वसम्मत रुपमा बैंकको अध्यक्ष पदमा चयन गरी थप जिम्मेवारी प्रदान गरेकोमा सबै सञ्चालकहरुलाई धन्यवाद दिए।
सो पश्चात संचालकहरुले समितिको अध्यक्ष चयन भएकोमा प्रताप जङ्ग पाण्डेलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँको नेतृत्वमा बैंकलाई थप उचाइमा पुर्याउनको लागि थप मद्दत मिल्...