काठमाडौं, २ मंसिर । सिभिल बैंक लिमिटेडको अध्यक्षमा संचालक प्रतापजङ्ग पाण्डे नियुक्त भएका छन् । बैंक संचालक समितिको मंसिर १ गते बसेको ३६२ औं बैठकले पाण्डेलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । अध्यक्ष चयन भएपश्चात प्रतापजङ्ग पाण्डेले सर्वसम्मत रुपमा बैंकको अध्यक्ष पदमा चयन गरी थप जिम्मेवारी प्रदान गर्ने सबै संचालकलाई धन्यवाद दिएका थिए […]