सिमकोट बजारको ढलान सम्पन्न

सिमकोट – सदरमुकाम सिमकोट बजारलाई धुलोमुक्त बनाउने उद्देश्यले निर्माण सुरु भएको सडक ढलान सम्पन्न भएको छ। २०७९ साल वैशाख ११ गतेबाट सुरु भएको सडक ढलान कार्य हाल आएर सम्पन्न भएको हो। सिमकोट बजारको सडक ढलान कार्यको जिम्मा लिएको बानियाँ निर्माण सेवाका स्थानीय प्रतिनिधि सरोज रावतले आफ्नो जिम्माको मुख्य सडक ढलान गर्ने काम सम्पन्न भएको बताए। […]

सम्बन्धित सामग्री

डम्पिङ साइट बनेपछि सिमकोट बजारको फोहोर हट्यो

सिमकोट – सदरमुकामसमेत रहेको सिमकोट बजारको फोहोर व्यवस्थापन भएको छ। गाउँपालिकाले पहिलो पटक डम्पिङ साइट निर्माण गरेर सञ्चालनमा ल्याएपछि सिमकोट बजारको फोहोर हटेको हो। सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशिला रोकाया भामले कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा वडा नम्बर ५ र ६ को हुमाने खोलामा नयाँ डम्पिङ साइट निर्माण भएर सञ्चालनमा आएपछि सिमकोट बजारको फोहोर हटेको बताइन्। […]

गाउँपालिकास्तरीय हाजिरीजवाफ प्रतियोगितामा कैलाशबोधी पहिलो

सिमकोट – गाउँपालिकाका आधारभूत विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा सिमकोट बजारको कैलाशबोधी बोर्डिङ स्कुल पहिलो भएको छ। प्रतियोगितामा सहभागी १३ वटा विद्यालयलाई उछिन्दै सो स्कुल पहिलो भएको हो। प्रतियोगितामा कुल सोधिएका १०४ वटा प्रश्नमध्ये १३ वटा प्रश्नको सही उत्तर दिएर कैलाशबोधी बोर्डिङ स्कुल पहिलो भएको हो। त्यसैगरी, सैपाल मावि स्याँडाले ११ वटा प्रश्नको सही उत्तर दिएर द्वितीय […]

सिमकोट बजारको सडक रिजिट पेभमेन्ट गर्ने कार्य ६० प्रतिशत पूरा

सिमकोट – सिमकोट बजारको सडक रिजिट पेभमेन्ट ( आरसिसि पिचिङ) गर्ने कार्य साठी प्रतिशत पूरा भएको छ। हिउँदमा सिमेन्टको काम गर्न नसकिने भएपछि रोकिएको कार्य चैत पहिलो हप्ताबाट सुुरु भएर निर्माण धमाधम भइरहेको हो। सिमकोट बजार भरिको सडकको रिजिट पेभमेन्ट गर्ने कार्य जिम्मा पाएको बानियाँ निर्माणका प्रतिनिधि सरोज रावतले हालसम्म पाएको कामको जिम्मामा साठी प्रतिशत […]

विद्यालयको वार्षिकोत्सवमा सिमकोट बजार सरसफाइ

सिमकोट – बालमन्दिर माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थी मिलेर शनिबार बजार सरसफाइ अभियानमा लागेका छन्। बजारमा फोहोर बढेको भन्दै उक्त विद्यालयले आफ्नो वार्षिकोत्सवका अवसरमा विद्यार्थी र शिक्षक मिलेर बजार सरसफाइ कार्यमा लागेका हुन्। उक्त विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले ३५औं वार्षिकोत्सवका अवसरमा सिमकोट बजार सरसफाइ गरिएको बताए। बजारको मुख्य क्षेत्रमा सरसफाइ गरेर एक ट्र्याक्टर फोहोर संकलन […]

सडकमै जथाभावी खानेपानीको पाइपलाइन

सिमकोट– सडकमा जथाभावी खानेपानीको पाइपलाइनले गर्दा सिमकोट बजारको सडक पिच गर्न समस्या हुने गरेको छ। सिमकोट बजारका खानेपानीका उपभोक्ताले सडक किनारामा जथाभावी पाइपलाइन राखेकाले समस्या भएको हो। स्थानीय उपभोक्ताले खानेपानीको लाइन वितरण गर्दा अब सो खानेपानीको लाइन मर्मत गर्न समस्या देखिएको बताउँदै आएका छन्। बजार क्षेत्रभरि ५० भन्दा बढी स्थानमा सडकबाटै पाइप लगिएको छ। सनभ्याली […]

सडक किनारामा फोहोर फाल्नाले सिमकोट बुराउसे सडक दुर्गन्धित

सिमकोट – सडक किनारामा फोहोर फाल्नाले सिमकोटबाट बुराउसे बरगाउँ हुँदै ठेहे जाने सडक दुर्गन्धित भएको छ। हालको डम्पिङ साइट मानिसको बस्ती नजिक भएका कारण स्थानीयको विरोधपछि फोहोर फाल्न नदिँदा सिमकोट बजारको फोहोर उक्त सडक किनारामा पाल्दा दुर्गन्ध बढेको हो। स्थानीय छक्कबहादुर लामाले ११ भन्दा बढी बस्ती जाने सिमकोट बुराउसे सडकको चिसामूलमा क्षेत्रको सडक किनारामा फोहोर […]

सिमकोट सफा गर्दै विदेशी नागरिक

हुम्ला घुम्न आएका एक विदेशी नागरिक सदरमुकाम सिमकोटको सरसफाइमा जुटेका छन्। मुख्य बजारको ढलमा फोहोर जमेर दुर्गन्धित भएपछि उनी स्वतस्फुर्त रूपमा सरसफाइमा जुटेका हुन् । स्पेनका नागरिक कार्लेस मार्टी सोबिराले...

सिमकोट सरसफाइमा जुटे विदेशी नागरिक

सिमकोट – एक जना हुम्ला घुम्न आएका विदेशी नागरिक सदरमुकाम सिमकोटको सरसफाइमा जुटेका छन्। मुख्य बजारको ढलमा फोहोर जम्मा भएर दुर्गन्धित हुँदा स्वतस्फुर्त रूपमा उनले सरसफाइ कार्य गरेका हुन्। स्पेनका नागरिक कार्लेस मार्टी सोबिराले सुन्दर ठाउँ सिमकोटको ठाउँठाउँमा फोहोर जम्मा भएर दुर्गन्धित भएको देख्दा नरमाइलो लागेर सरसफाइ गर्ने कार्यमा लागेको जानकारी दिए। उमेरले ५० कटेका […]

जथाभावी फोहोर फाल्नाले सडक दुर्गन्धित

सिमकोट – सिमकोट गाउँपालिकाको बुराउसे र बरगाउँ जाने सडक दुर्गन्धित भएको छ। बजारको फोहोर संकलन गरेर सडक छेउमै फाल्नाले सडक दुर्गन्धित भएको हो। सिमकोट गाउँपालिका–६ का स्थानीय जौका रोकायाले बजार क्षेत्रमा ट्र्याक्टरमा संकलन भएर ल्याएको फोहोर चिसामुल क्षेत्रमा जथाभावी फाल्नाले सो क्षेत्रको सडक दुर्गन्धित भएको जानकारी दिए। एक ठाउँमा मात्र नभई चार–पाँच ठाउँमा फोहोर फाल्नाले […]

सिमकोट बजारको सडक ढलान गरिँदै

सिमकोट बजारको सडक ढलान गर्ने कार्य साठी प्रतिशत पूरा भएको छ । हिउँदमा सिमेन्टको काम गर्न नसकिने भएपछि रोकिएको काम चैत पहिलो हप्ताबाट सुरु भएर निर्माण कार्य भइरहेको हो ।