जथाभावी फोहोर फाल्नाले सडक दुर्गन्धित

सिमकोट – सिमकोट गाउँपालिकाको बुराउसे र बरगाउँ जाने सडक दुर्गन्धित भएको छ। बजारको फोहोर संकलन गरेर सडक छेउमै फाल्नाले सडक दुर्गन्धित भएको हो। सिमकोट गाउँपालिका–६ का स्थानीय जौका रोकायाले बजार क्षेत्रमा ट्र्याक्टरमा संकलन भएर ल्याएको फोहोर चिसामुल क्षेत्रमा जथाभावी फाल्नाले सो क्षेत्रको सडक दुर्गन्धित भएको जानकारी दिए। एक ठाउँमा मात्र नभई चार–पाँच ठाउँमा फोहोर फाल्नाले […]

सम्बन्धित सामग्री

फोहोर फाल्ने मेडिकललाई पाँच हजार जरिवाना

नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्ने कार्य निरन्तर जारी राखेको छ । सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्ने पसल, व्यवसाय र संस्थालाई निरुत्साहित गर्ने उद्देश्यले शुरु गरिएको कारबाही निरन्तर जारी नै रहेको पाइएको छ ।

जथाभावी फोहोर गर्ने कुकुरसहित मालिक छड्केमा

बिहान झिसमिसेमा कुकुरलाई सार्वजनिक सडक र स्थलमा फोहोर गराउने मालिकहरु कुकुरसँगै काठमाडौं महानगरपालिकाकोे फन्दामा परेका छन् ।

जथाभावी फोहोर फाल्दा तमानखोला र बडिगाडखोला दुर्गन्धित

ढोरपाटन (बागलुङ)- बागलुङमा जथाभावी फोहोर फाल्दा बडिगाडखोला दुर्गन्धित बनेको छ । बुर्तिबाङ–बोङ्गादोभान सडकको तलपट्टि तमानखोला किनार फोहोरको ढङ्गुरले भरिएको छ । दैनिक हजारौँ यात्रु त्यही फोहोरको ढङ्गुरमाथिको सडक हुँदै यात्रा गर्छन् । दश नमूना सहरमध्येमा पर्ने बागलुङको बुर्तिबाङ बजारमा बस्ती विस्तारसँगै जनघनत्व बढ्दो छ । य...

नगरपालिकाले नै फालिदिन्छ खोलामा फोहोर, तमान र बडिगाड दुर्गन्धित

२८ मङ्सिर, ढोरपाटन (बागलुङ) । बागलुङमा जथाभावी फोहर फाल्दा बडिगाडखोला दुर्गन्धित बनेको छ । बुर्तिबाङ–बोङ्गादोभान सडकको तलपट्टि तमानखोला किनार फोहरको ढङ्गुरले भरिएको छ । दैनिक हजारौँ यात्रु त्यही फोहरको ढङ्गुरमाथिको सडक हुँदै यात्रा गर्छन् । दश नमूना सहरमध्येमा पर्ने बागलुङको बुर्तिबाङ बजारमा बस्ती विस्तारसँगै जनघनत्व बढ्दो छ । यही कारणले दैनिक फोहर पनि बढ्दै गएको […]

जथाभावी फोहोर फाल्नेलाई महानगरले गर्‍यो कारबाही

३१ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले जथाभावी रुपमा फोहोर फाल्ने दुई जनालाई ५ हजारको दरले जरिवाना तिराएको छ । काठमाडौं १४ कुलेश्वरको फलफूल बजारमा सडकपेटीमा फोहोर फाल्ने रविन्द्र साह र शिवपुजन साहलाई कारबाही स्वरुप जरिवाना तिराएको हो । महानगर प्रहरीका अनुसार फलफूलहरुको फोहोर सडक पेटीमा जम्मा गरेपछि कारबाही गरेको हो । ‘काठमाडौंको सडकपेटी, नदी र […]

जथाभाबी फोहोर फाल्नेलाई कारबाही गर्दै महानगर, जरिबानाबापत ४ लाख संकलन

६ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले जथाभाबी फोहोर फाल्नेलाई कारबाही गर्न सुरु गरेको छ । रातको समयमा सडक तथा नदी किनारा लगायत सार्वजनिक स्थलमा फोहोर फाल्न आउनेलाई कारबाही गर्ने गरिएको महानगरले जनाएको छ । महानगरका अनुसार जथाभावी फोहोर फाल्नेसँग जरिबानाबापत ४ लाख ५ सय रुपैयाँ संकलन भएको छ । महानगरको वातावरण तथा कृषि विभागले गरेको […]

सडक छेउका फोहोर व्यवस्थापन हुन एक साता लाग्ने

काठमाडौं उपत्यकाको सडक चोकचोकमा थुप्रिएको फोहोरको व्यवस्थापन हुन एक साता लाग्ने बताइएको छ । चैत महिना लागेसँगै उपत्यकाको सडक छेउछाउमा थुपारिएको फोहर चार दिनदेखि व्यवस्थापन गर्न थालिएको हो ।चैत महिनामा चार दिन  र गत फागुनमा २३ दिन विभिन्न वहानामा फोहर व्यवस्थापन हुन सकेन । लामो समयदेखि फोहर रोकिएको हुनाले नियमितरुपमा व्यवस्थापन कार्य हुँदा पनि एक साता लाग्ने कामपा वातावरण विभागका प्रमुख सरिता राईले जानकारी गराइन् । “घरबाट फोहर बाहिर निकाल्दैमा फोहोरको व्यवस्थापन हुँदैन, सडकमा जथाभावी फ

वीरगञ्जमा जथाभावी फोहोर गर्नेलाई कारबाही

११ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले जथाभावी फोहोर फाल्ने तथा सडक अतिक्रमण गर्नेलाई जरिवाना तिराएको छ । जरिवाना बापत गत आर्थिक वर्ष २०७७÷७८ मा ७८ हजार १ सय रुपैयाँ राजश्व संकलन भएको छ । वीरगञ्ज महानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ अन्तर्गत उनीहरुलाई कारबाही गरिएको महानगरले जनाएको छ । ऐनमा कसूर अनुसार ५ सय देखि १ […]

फोहोर फ्याँके पाँच हजार

बीपी राजमार्गलाई फोहोर बन्न नदिन र सफा राख्न नयाँ अभियान सुरु गरिएको छ । सडक सफा राख्न सिन्धुलीबाट अभियान सुरु गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेले अहिले बीपी राजमार्गमा जथाभावी फोहोर नफाल्न हरेक गाडीलाई रोकेर सम्झाउने काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सम्झाउने काम १५ दिनसम्म गर्छौं । त्यसपछि जथाभावी फोहोर फाल्ने गाडीलाई नगरपालिकाको रसिदमा पाँच हजार रुपियाँसम्म जरिवाना सुरु गर्छौं ।” डिभिजन वन कार्यालयको आर्थिक सहयोग, कमलामाई नगरपालिका र जिल्ला प्रहरी कार्यालयको समन्वयमा अभियान सुरु गरिएको छ ।

फोहोर नउठेपछि महानगरले कर्मचारीमाथि थाल्यो छड्के अनुगमन

विराटनगर : विराटनगर महानगरपालिकाले सडक सरसफाइमा खटिएका सम्बन्धित कर्मचारीहरुमाथि छड्के अनुगमन सुरु गरेको छ। नगरमा फोहोर उठ्न नसकेको गुनासो आएसँगै महानगरले बिहीबार बिहान छड्के अनुगमन गरेको हो। नगरक्षेत्रमा फोहोरको थुप्रो नउठेको र जथाभावी फोहोरमैला रहेको भन्ने गुनासो आएका कारण छड्के अनुगमन गरिएको नगरप्रमुख भीम पराजुल...