सडक किनारामा फोहोर फाल्नाले सिमकोट बुराउसे सडक दुर्गन्धित

सिमकोट – सडक किनारामा फोहोर फाल्नाले सिमकोटबाट बुराउसे बरगाउँ हुँदै ठेहे जाने सडक दुर्गन्धित भएको छ। हालको डम्पिङ साइट मानिसको बस्ती नजिक भएका कारण स्थानीयको विरोधपछि फोहोर फाल्न नदिँदा सिमकोट बजारको फोहोर उक्त सडक किनारामा पाल्दा दुर्गन्ध बढेको हो। स्थानीय छक्कबहादुर लामाले ११ भन्दा बढी बस्ती जाने सिमकोट बुराउसे सडकको चिसामूलमा क्षेत्रको सडक किनारामा फोहोर […]

सम्बन्धित सामग्री

हिल्सा–सिमकोट सडक आयोजनालाई बजेट अभाव

सिमकोट – हिल्सा सिमकोट सडक आयोजनालाई बजेटको अभाव भएको पाइएको छ। आयोजनालाई कवाडीदेखि हिल्सासम्म काम गर्ने योजना बढी तर मन्त्रालयबाट बजेट कम बिनियोजिता भएपछि बजेटको अभाव देखिएको हो। आयोजनाले चालु वर्षमा बजेटको अभाव देखिएको जनाएको छ। आयेजानले हुम्ला जिल्ला भित्र पर्ने कर्णाली करिडोरको कवाडीदेखि चीनसंगको सिमाना हिल्सासम्म सडक निर्माणको काम गर्दै आएको छ। यी क्षेत्रमा […]

हिल्सा-सिमकोट सडक दुई किलोमिटर छोटियो

सिमकोट- उत्तरी क्षेत्रको हिल्सा सिमकोट सडकको लम्बाइ छोटिएको छ। सडक निर्माणका क्रममा घुम्तीहरू घटेपछि यसअघि रहँदै आएको दुरीमा कमी देखिएको हो। हिल्सा-सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले सिमकोट हिल्सा सडकको लम्बाइ छोटिएको जानकारी आफूलाई फिल्डमा काम गर्ने सुपरभाइजरबाट आएको बताए। सिमकोटबाट हिल्सासम्मको ९५ किलोमिटर दुरी यसअघि सो सडकको सर्भे गर्ने क्रममा रहेको थियो। अहिले […]

६ महिनामा हिल्सा–सिमकोट सडक आयोजनाको प्रगति ३९ प्रतिशत

सिमकोट – आर्थिक वर्ष सुरु भएको ६ महिनामा हिल्सा–सिमकोट सडक आयोजनाले ३९ प्रतिशत प्रगति हासिल गरेको पाइएको छ। आयोजनाले सडक स्तरोन्नति, पुल र कल्वर्ड निर्माण गरेर उक्त प्रगति हासिल गरेको हो। आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले चालु वर्षमा आयोजनाको हालसम्मको प्रगति ३९ प्रतिशत रहेको बताए। गत वर्षभन्दा यस वर्ष आयोजनाले आफ्नो प्रगति विवरणमा वृद्धि गरेको […]

हिउँदमा पनि रोकिएन हिल्सा–सिमकोट सडक निर्माण

सिमकोट – उत्तरी हुम्लामा सधैँ जाडो महिनामा चिसोको कारण देखाउँदै निर्माण बन्द हुने हिल्सा–सिमकोट सडक आयोजनाको प्याकेज निर्माण यस वर्ष भने जारी छ। हिमपात नहुनु र सडक निर्माणको जिम्मा पाएका निर्माण कम्पनीले सम्झौतामा उल्लेख भएको मितिभन्दा अगाडि नै निर्माण सम्पन्न गर्ने लक्ष्यसाथ कामलाई तीव्रता दिइरहेका हुन्। याल्वाङ गौडा अगाडिबाट इलिङ लेकसम्मको नौ दशमलव चार किमि […]

सिमकोट बजारको ढलान सम्पन्न

सिमकोट – सदरमुकाम सिमकोट बजारलाई धुलोमुक्त बनाउने उद्देश्यले निर्माण सुरु भएको सडक ढलान सम्पन्न भएको छ। २०७९ साल वैशाख ११ गतेबाट सुरु भएको सडक ढलान कार्य हाल आएर सम्पन्न भएको हो। सिमकोट बजारको सडक ढलान कार्यको जिम्मा लिएको बानियाँ निर्माण सेवाका स्थानीय प्रतिनिधि सरोज रावतले आफ्नो जिम्माको मुख्य सडक ढलान गर्ने काम सम्पन्न भएको बताए। […]

चुनावी नारामा सीमित सिमकोट सडक

सिमकोट, १ मङ्सिर । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्रै जिल्ला हुम्ला हो । देशका अन्य सदरमुकाम सडक सञ्जालमा जोडिएको भए पनि हुम्ला सदरमुकाम सिमकोट अझै जोडिन सकेको छैन । हरेक निर्वाचनमा नेताको चुनावी नारा बनेको हुम्ला जिल्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदा स्थानीयले वर्षौंदेखि सास्ती झेल्दै आएका छन् । जिल्ला बाहिर जाने एक […]

एक महिनापछि सिमकोट–खार्पु सडक सञ्चालन

सिमकोट – हुम्लाको अवरुद्ध सिमकोट–खार्पु सडक सञ्चालनमा आएको छ। पहिरो जाँदा सडक गएको असोज ३१ गतेदेखि बन्द थियो। मर्मतपछि लामो समय बन्द रहेको सडक सञ्चालनमा आएको हो। गाडी चालक जोर बोहराले सडक नियमित सञ्चालनमा आएको बताए। पहिरो तथा खसेका ठूला चट्टानले सडकका दुई दर्जन स्थानमा अवरोध पुर्‍याएको थियो। सडक सञ्चालन नहुँदा यात्रु जोखिम उठाए हिँड्न […]

दुई सातादेखि सिमकोट–खार्पु सडक अवरुद्ध

हुम्ला- दुई सातादेखि अवरुद्ध कर्णाली करिडोरको सिमकोट–खार्पु सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । अविरल वर्षाले १ कात्तिकमा सडक खण्डको ठाउँ ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा सिमकोट–खार्पु खण्डमा चल्दै आएका साना जीप र अन्य सवारी साधन बन्द भएका छन् । सडक अवरुद्ध भएसँगै स्थानीयलाई आवतजावतमा समस्या भएको चंखेली […]

कर्णाली करिडोरको सिमकोट–खार्पु सडक खण्ड अवरुद्ध

सिमकोट – कर्णाली करिडोरको सिमकोट–खार्पु सडक खण्ड अवरुद्ध भएको छ। सडकमा स्याम्ने खोला पसेपछि एक हप्तादेखि उक्त सडक खण्ड अवरुद्ध हुँदै आएको हो। वर्षा बढेसँगै स्याम्ने खोलाको पानी सीधै कच्ची सडकमा पसेको छ। खोला सडक भएर बगेको छ। सडकका धेरै ठाउँमा चिरा परेको छ। खोलाको पानीले करिब तीन सय मिटर सडक बगाएको स्थानीय धनराज शाहीले […]

हुम्लाको सदरमुकाम सिमकोट ६ महिनामा राष्ट्रिय सडक सञ्जालसँग जोडिने

सिमकोट– आगामी ६ महिनामा हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ। कर्णाली करिडोरको सिमकोटदेखि सर्केगार्ड खण्डको छारे र लेप्चेमा बेलिब्रिज निर्माण प्रक्रिया अगाडि बढेपछि सदरमुकाम जोडिने बाटो खुलेको हो। पुससम्म हुम्लाको सदरमुकाम सिमकोट सडक सञ्जालमा जोडिने हिल्सा–सिमकोट सडक आयोजनाका योजना प्रमुख बिसुनदास लामाले जानकारी दिए। सरमुकामलाई सडक जोड्नकै लागि कर्णाली करिडोरको सिमकोट सर्केगार्ड […]