स्थायी कमिटी बैठकमा माधव नेपाल पक्ष सहभागी नहुने

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठकमा माधव नेपाल पक्ष सहभागी नहुने भएको छ ।  नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले सहमति नभई बोलाइएको बैठकमा सहभागी नहुने बताएका हुन् ।  अध्यक्ष ओलीले आइतवार अपरान्ह ४ बजेका लागि बैठक आह्वान गरेका छन् । पार्टी विवादका सहमति खोज्न गठन गरिएको कार्यदल सहमति नजिक पुगेको बेला ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।  ‘हामीसँगको सल्लाहविना बोलाइएको स्थायी कमिटी बैठकमा सहभागी हुँदैनौँ,’ नेपाल पक्षीय एक स्थायी कमिटी सदस्यले ...

सम्बन्धित सामग्री

एमाले स्थायी कमिटी बैठक सुरु, वामदेव गाैतम गएनन्

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसिरहेको एमाले स्थायी कमिटि बैठकमा वरिष्ठ नेता माधव नेपाल पक्ष र बामदेव गौतम भने उपस्थित छैनन्।

ओलीले एकताको ‘च्याप्टर क्लोज’ भनेपछि नयाँ रणनीति बनाउँदै माधव नेपाल पक्ष

नेकपा एमालेको आन्तरिक विवाद मिलाउन बुधबार भएको छलफलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीर्ले  ‘पार्टी एकताको च्याप्टर क्लोज’ भएको बताएपछि आगामी रणनीति बनाउन एमाले वरिष्ठ नेता माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ । नेपाल पक्षले आज ११ बजेको लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक दिउँसो एक बजेको लागि सारेर स्थायी कमिटी छलफलमा बस्न लागेको हो ।  ‘बुधबार कार्यदलसँगको छलफलमा केपी ओलीले अब ‘पार्टी एकताको च्याप्टर क्लोज’ भयो भने । त्यसपछिको आन्तरिक रणनीति बनाउनको लागि केन्द्रीय ...

माधव नेपाल पक्ष यसकारण संकलन गर्दैछ केन्द्रीय सदस्यहरुको हस्ताक्षर

काठमाडौं, २० साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निर्णायक तयारीमा लागेका छन् । उनले केही दिनमै पार्टी अध्यक्ष केपी शर्मा ओली समक्ष शर्तसहित प्रस्ताव प्रस्तुत गर्ने भएका छन् । त्यसका लागि निर्णय लिन आफू पक्षीय स्थायी कमिटी बैठक राख्ने तयारी समेत गरेका छन् । अहिले माधव नेपाल पक्षले केन्द्रीय कमिटी सदस्यहरुको हस्ताक्षर संकलन […]

एमाले स्थायी कमिटी बैठक सुरु, माधव नेपाल पक्ष अनुपस्थित्

काठमाडौं, १८ साउन । नेकपा (एमाले) को स्थायी कमिटी बैठक जारी छ । तुलसीलाल स्मृति भवनमा बसिरहेको बैठकमा माधव नेपाल पक्षधर सदस्यहरु भने अनुपस्थित् भएका छन् । आजको बैठकमा माधव नेपाल पक्षधर नआए अब पर्खन नसकिने अध्यक्ष केपी शर्मा ओलीले प्रष्ट पारिसकेका छन् । यता, पार्टीको बैठक चलिरहँदा उता माधव नेपाल आफ्नो पक्षको स्थायी सदस्यहरुसँग […]

प्रचण्डको खुलासाः माधव नेपाल पक्ष पनि सरकारमा सहभागी हुने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि सरकारमा सहभागी हुने भएको छ। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल पक्ष पनि सरकारमा सहभागी हुने खुलासा गरेका हुन्। मंगलबार बिहान नेता नेपालसँग भेटेका प्रचण्डले सरकारमा सहभागी हुन उनी राजी भएको बैठकमा ब्रिफिङ गरेका एक स्थायी कमिटी सदस्यले बताए।

एमाले संसदीय दलको बैठकमा पनि उपस्थित भएन माधव नेपाल पक्ष

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न नेकपा एमाले संसदीय दलको बैठक बसिरहेको छ । संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा शुक्रवार अपराह्न संसदीय दलको बैठक शुरू भएको हो । बैठकमा पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली लगायत सांसदहरू सहभागी छन् ।  स्थायी कमिटी बैठकमा जस्तै माधव नेपाल पक्षका सांसद भने बैठकमा सहभागी छैनन् ।  यसअघि दिउँसो बसेको एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई पार्टीको समर्थन नरहने र विश्वासको मत नदि...

एमालेको स्थायी कमिटी बैठकमा वामदेव गौतम अनुपस्थित

काठमाडौँ। नेकपा (एमाले) को स्थायी कमिटी बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतम अनुपस्थित भएका छन् । माधव नेपाल पक्ष अनुपस्थित भएको बैठकमा उपाध्यक्ष गौतम पनि सहभागी भएका छैनन् । केहीदिन अगाडि बसेको पार्टी केन्द्रीय कमिटीको बैठकमा भने उपाध्यक्ष गौतम सहभागी भएका थिए । उक्त बैठकमा गौतमले गुण र दोषका आधारमा आफूले समर्थन वा विरोध गर्ने […]

ललितपुरमा शुरू भयो एमाले स्थायी कमिटी बैठक, माधव नेपाल पक्ष अनुपस्थित

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक शुरू भएको छ । ललितपुरको च्यासलस्थित पुष्पलाल स्मृति प्रतिष्ठानको सभा कक्षमा बैठक शुरू भएको हो । बैठकमा अध्यक्ष केपी ओलीसहित संस्थापन पक्ष र पूर्व माओवादी खेमाका सदस्यहरू सहभागी छन् । माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यहरू बैठकमा सहभागी छैनन् । सर्वोच्च अदालतको आदेशले एमाले सत्ताबाहिर पुगेपछि स्थायी कमिटीको बैठक पहिलोपटक बसेको हो ।