एमाले संसदीय दलको बैठकमा पनि उपस्थित भएन माधव नेपाल पक्ष

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न नेकपा एमाले संसदीय दलको बैठक बसिरहेको छ । संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा शुक्रवार अपराह्न संसदीय दलको बैठक शुरू भएको हो । बैठकमा पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली लगायत सांसदहरू सहभागी छन् ।  स्थायी कमिटी बैठकमा जस्तै माधव नेपाल पक्षका सांसद भने बैठकमा सहभागी छैनन् ।  यसअघि दिउँसो बसेको एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई पार्टीको समर्थन नरहने र विश्वासको मत नदि...

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बैठक सुरु

सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिने सन्दर्भमा एमाले संसदीय दलको बैठक सुरु भएको छ । संसदीय दलमा बहुमत रहेको झलनाथ खनाल माधव नेपाल पक्ष सरकारबाट समर्थन फिर्ता लिने मुडमा देखिएको छैन ।  बैठकमा २० जना प्रदेश सभा सदस्य सहभागी भएका भने सांसदहरू रतन थापा, ग्याल्बु बोहरा र लीलाधर भट्ट रहेका छन् भने माधव नेपाल पक्षकी सांसद चुन कुमारी चौधरी अनुपस्थित छिन् ।सरकारबाट फिर्ता हुने विषयमा खनाल नेपाल पक्षमा एक मत हुन नसकेपछि मंगलबार दुई पटकसम्म स्थगित भएको थियो । तर सोमबार एमालेको