मन्त्रीको टुंगो अध्यक्ष प्रचण्डले होइन, भोलिको स्थायी कमिटी बैठकले निर्णय गर्छः प्रवक्ता श्रेष्ठ

काठमाडौं। नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारमा पठाउने मन्त्री छनोटको अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नभएको बताएका छन्। आजको स्थायी कमिटी बैठकपछि बोल्दै श्रेष्ठले बैठकले मन्त्रीबारे अन्तिम निर्णय गर्ने अधिकार अहिलेसम्म अध्यक्ष प्रचण्डलाई नदिएको बताए। यसबारे निर्णय गर्न भोलि ३ बजे पुनः बैठक बस्नेछ। एमालेका माधव नेपाल पक्ष र जसपाको निर्णय कुर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको उनले बताए।

सम्बन्धित सामग्री

शुक्रबार बिहानसम्मका लागि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । बिहीबार बिहान ९ बजेका लागि बोलाएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित गरेर दिउँसो ४ बजेका लागि बोलाइएको थियो ।पुनः ६ बजेका लागि बोलाएको बैठक शुक्रबार बिहान ८:३० बजेसम्मका लागि स्थगित भएको हो । शुक्रबार ८ बजेका लागि बोलाइएको माओवादी स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने छन् ।बैठकमा अध्यक्ष प्रचण्डले नेता जनार्दन शर्मा र वर्षमान पुनबीचको प्रतिस्पर्धाबाट महासचिवमा अर्का नेता

यसकारण सारियो माओवादी स्थायी कमिटी बैठक

काठमाडौं, भदौ २ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सरेको छ। आज बिहान ९ बजेदेखि बस्ने तय भएको बैठक अपराह्न ४ बजेका लागि सारिएको हो। बैठक अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण सारिएको बताइएको छ। आजको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले पदाधिकारी प्रस्ताव गर्ने तयारी छ।

सर्‍यो माओवादी स्थायी कमिटी बैठक

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अपराह्नसम्मका लागि सारिएको छ । आज बिहान ९ बजेदेखि बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै अपराह्न ४ बजेका लागि सारिएको हो । आजको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले पदाधिकारी प्रस्ताव गर्ने तयारी छ । प्रचण्डले नेता देव गुरुङलाई महासचिव बनाउने तयारी गरेको स्रोतले जनाएको छ ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू, प्रचण्डको प्रतिवेदनमाथि छलफल

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरू भएको छ ।  शुक्रवारबाट शुरू भएको स्थायी कमिटी बैठकमा पार्टीको राष्ट्रिय सम्मेलनमा अध्यक्ष प्रचण्डले पेश गर्ने प्रतिवेदनका बारेमा छलफल भइरहेको छ ।  प्रचण्डले शुक्रवारको बैठकमा प्रतिवेदनको सारांश वाचन गरेर बैठकमा पेश गरेका थिए ।  माओवादी केन्द्रले पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन आयोजना गरेको छ ।  देशभरबाट करीब १५ सय प्रतिनिधि सहभागी हुने सम्मेलनले माओवादी केन्द्रलाई क्रान्तिकारी विचारसहित नयाँ ...

प्रचण्डको दस्तावेज तयार, स्थायी कमिटी बैठक बोलाइयो

राष्ट्रिय सम्मेलनको तयारीमा रहेको नेकपा माओवादी केन्द्रले सम्मेलनमा पेश गर्ने दस्तावेजमाथि छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । पुस ११ गतेबाट सुरु हुने सम्मेलनमा अध्यक्ष प्रचण्डले पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्ने दस्तावेज पेश गर्ने बताउँदै आएका छन् । त्यसका लागि उनले झण्डै १५ दिन लगाएर दस्तावेज लेखनको काम बिहीबार सकेका हुन् । सोही दस्तावेज स्थायी कमिटीमा छलफल गरेर अन्तिम रुप दिन माओवादीले बैठक बोलाएको बुझिएको छ । माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले सम्मेलनका

मन्त्री छान्न प्रचण्डले बोलाए स्थायी कमिटी बैठक

काठमाडौं, ६ असोज । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्नको लागि आज स्थायी कमिटी बैठक बोलाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई पूर्णता दिनेगरि छलफल अघि बढाएको र पार्टीबाट नाम दिन माग गरेपछि अध्यक्ष प्रचण्डले आज स्थायी कमिटी बैठक बोलाएका हुन् । बैठक अपरान्ह ३ […]

माओवादी स्थायी कमिटी बैठक : सरकारमा पठाउने नेताको नामबारे छलफल

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको छ। पार्टी कार्यालय पेरिस डाँडामा जारी बैठकमा सरकारमा सहभागीताबारे छलफल हुने जनाइएको छ।  बैठक बस्नुअघि अध्यक्ष प्रचण्डले आज प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज २ बजे पार्टी कार्यालय पेरिसडाडाँमा बस्दै छ। बैठकमा सरकारमा जाने मन्त्रीहरुको बारेमा छलफल हुने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए। शेरबहादुर देउवा नेतृत्वको सरकारमा हाल माओवादी केन्द्रका पम्फा भुसाल ऊर्जामन्त्री र जनार्दन शर्मा अर्थमन्त्री छन्। अन्य मन्त्रीहरुको विषयमा मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छलफल गरेका थिए।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, काेराेना महामारीबारे छलफल गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणबारे छलफल गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो पेरिसडाँडामा बस्ने गरी बैठक बोलाएका हुन्। बुधबार पार्टी अध्यक्ष प्रचण्डले पनि पार्ट कार्यालयमै चिकित्सकहरू तथा विज्ञहरूसँग कोरोना रोकथाम तथा नियन्त्रणकाबारेमा विषयमा छलफल गरेका थिए। चिकित्सकहरूले दिएका सल्लाह, सुझावसहित आज बस्ने […]

माओवादी स्थायी कमिटी बैठक बस्दै

काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीको स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी कार्यालय पेरिसडाँडामा केहीबेरमा बैठक बस्न लागेको हो। उपलब्ध सदस्यबीच अनौपचारीक छलफल हुने स्थायी कमिटीका एक सदस्यले बताए। बहुमतीय सरकार गठनका लागि समय घर्किदै जादा माओवादीले बैठक बोलाएको हो। यसअघि अध्यक्ष प्रचण्डले का‌ग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए।