विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक शुरू भएको छ ।
ललितपुरको च्यासलस्थित पुष्पलाल स्मृति प्रतिष्ठानको सभा कक्षमा बैठक शुरू भएको हो ।
बैठकमा अध्यक्ष केपी ओलीसहित संस्थापन पक्ष र पूर्व माओवादी खेमाका सदस्यहरू सहभागी छन् ।
माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यहरू बैठकमा सहभागी छैनन् ।
सर्वोच्च अदालतको आदेशले एमाले सत्ताबाहिर पुगेपछि स्थायी कमिटीको बैठक पहिलोपटक बसेको हो ।