छ्याङदी हाइड्रोपावरको हकप्रद बाँडफाँड, ५९ हजार कित्ता शेयर लिलाममा आउने

छ्याङदी हाइड्रोपावर  Chhyangdi Hydropower Company ले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले फागुन १९ गते शेयर बाँडफाँड गरेको जनाएको छ  ।क्यापिटलका अनुसार हकप्रदमा २८ हजार ३ सय ११ जनाले रितपूर्वक आवेदन दिएकोमा उनीहरुलाई ८ लाख ३३ हजार १ सय ९१ कित्ता शेयर बाँडफाँड गरिएको छ  । बिक्रि नभएको ५९ हजार ८ सय ३४ कित्ता शेयर लिलाममा आउने छ  । बाँडफाँड नपरेको हकप्रद वापतको रकम फागुन २३ गते सोमबारदेखि आईपीएस मार्फत सम्बन्धित शेयरधनीको बैंक खाता मै फिर्ता गरिने क्यापिटलले जनाएको छ  । छ्याङदी हाइड्रोले  माघ ११ गतेदेखि फागुन २ गतेसम्म १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो  । हाल कम्पनीको चुक्ता पुँजी २९ करोड ७६ लाख ७५ हजार रहेको छ  ।  कम्पनीले हकप्रद प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेकोले पुस २० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने ब्यबस्था थियो।  छ्याङदीले  कम्पनीले बैशाख १५ गते अनुमति माग गर्दै बोर्डमा आवेदन दिएकोमा बोर्डले पुस १ गते कम्पनीले हकप्रदको लागि अनुमति प्रदान गरेको थियो। छ्याङदी फेरी अर्को हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ ।  कम्पनीको हाल बाँडफाँड भएको यो ३० प्रतिशत हकप्रद शेयर बितरण पश्चात् कायम हुने चुक्ता पूँजी रु. ३८,६९,७७,५०० को ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभामा पेश गर्ने निर्णय गरेको छ।  दोस्रो हकप्रद पश्चात कम्पनीको चुक्ता पुंजी ५४ करोड १७ लाख पुग्ने छ  । 

सम्बन्धित सामग्री

छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

वैशाख ९, काडमाडौं । बिहीवार नेप्सेमा छ्याङदी हाइड्रोपावर कम्पनीको हकप्रद  शेयर सूचीकृत भएको छ ।कम्पनीको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अ व यो हकप्रद शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीद विक्री गर्न सक्नेछन् । कम्पनीले गत माघ ११ गते देखि फागुन २ गते निष्कासन गरेको ३० प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो ।

छ्याङदी हाइड्रोपावरको शेयर मंगलवारदेखि लिलामीमा विक्री खुला

फागुन ३०, काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडको शेयर मंगलवारदेखि लिलामीमा विक्री खुला हुने भएको छ ।  कम्पनीले हकप्रद शेयरमा नबिकेको ५९ लाख ८२७ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो । उक्त शेयर खरीद गर्न इच्छुक जो कोही व्यक्ति संस्था वा कम्पनीले चैत ९ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू.१०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।  आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याको लागि कुनै पनि हद नलाग्ने कम्पनीले बताएको छ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।  साथै ग्लोबल आइएमई बैंकको शाखा कार्यलयहरु विर्तामोड, विराटनगर,जनकपुर, वीरगञ्ज, हेटौंडा,नारायणगढ,पोखरा,बुटवल,बाग्लुङ, नेपालगञ्ज,सुर्खेत,दाङ, धनगढी र महेन्दनगरमा बोलपत्र फारम पाउने र बुझाउन सकिनेछ ।

छ्याङदी हाइड्रोको हकप्रद निष्काशन मिति तय

छ्याङदी हाइड्रोपावर  Chhyangdi Hydropower Company  ले माघ ११ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो  । हाल कम्पनीको चुक्ता पुँजी २९ करोड ७६ लाख ७५ हजार रहेको छ  ।यस हकप्रदमा लगानीकर्ताले फागुन २ गतेसम्म आवेदन दिन सक्ने छन्  ।  हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  ।  कम्पनीले हकप्रद प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेकोले पुस २० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् ।  छ्याङदीले  कम्पनीले बैशाख १५ गते अनुमति माग गर्दै बोर्डमा आवेदन दिएकोमा बोर्डले पुस १ गते कम्पनीले हकप्रदको लागि अनुमति प्रदान गरेको थियो। छ्याङदी फेरी अर्को हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ ।  कम्पनीले निष्काशन चरणमा रहेको यो ३० प्रतिशत हकप्रद शेयर बितरण पश्चात् कायम हुने चुक्ता पूँजी रु. ३८,६९,७७,५०० को ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभामा पेश गर्ने निर्णय गरेको छ।  दोस्रो हकप्रद पश्चात कम्पनीको चुक्ता पुंजी ५४ करोड १७ लाख पुग्ने छ  ।

छ्याङदी हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

छ्याङदी हाइड्रोपावर  Chhyangdi Hydropower Company  को ३० प्रतिशत  हकप्रद सुरक्षित गर्ने आज पुस २० गते अन्तिम दिन रहेको छ  ।  कम्पनीले हकप्रद प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस २० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् ।  छ्याङदीले  १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो  । हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । कम्पनीले बैशाख १५ गते अनुमति माग गर्दै बोर्डमा आवेदन दिएकोमा बोर्डले पुस १ गते कम्पनीले हकप्रदको लागि अनुमति प्रदान गरेको थियो। छ्याङदी फेरी अर्को हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ ।  कम्पनीले  हाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएको ३० प्रतिशत हकप्रद शेयर बितरण पश्चात् कायम हुने चुक्ता पूँजी रु. ३८,६९,७७,५०० को ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभामा पेश गर्ने निर्णय गरेको छ।  दोस्रो हकप्रद पश्चात कम्पनीको चुक्ता पुंजी ५४ करोड १७ लाख पुग्ने छ  ।

कहिलेसम्म कायम शेयरधनीले भर्न पाउँछन् छ्याङदी हाइड्रोपावरको ३० प्रतिशत हकप्रद ?

छ्याङदी हाइड्रोपावर  Chhyangdi Hydropower Company  ले  हकप्रद निष्काशनको लागि बुकक्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । पुस २० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् ।  छ्याङदीले  १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो  । हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  ।  कम्पनीले बैशाख १५ गते अनुमति माग गर्दै बोर्डमा आवेदन दिएकोमा बोर्डले पुस १ गते कम्पनीले हकप्रदको लागि अनुमति प्रदान गरेको थियो।

६ ओटा कम्पनी १ करोड ५६ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा

भदौ १०, काठमाडौं । ६ ओटा कम्पनीले १ करोड ५६ लाख ४४ हजार ३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेका छन् ।  शिखर इन्स्योरेन्स, एक्सेल डेभलपमेण्ट बैंक, कर्पोरेट डेभलपमेण्ट बैंक, समृद्धि फाइनान्स, नारायणी डेभलपमेण्ट बैंक र छ्याङदी हाइड्रोपावर कम्पनी हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेका हुन् ।  ६ ओटा कम्पनीमध्ये एक्सेल डेभलपमेण्ट बैंकले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पनि पाएको छ । कम्पनीले बोर्डबाट साउन ३१ गते हकप्रद शेयर निष्कासन गर्ने स्वीकृति पाएको हो ।  कम्पनीले रू. १०० अंकित दरको २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्कासन गर्न बोर्डको अनुमति पाएको हो । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ११ लाख २१ हजार रहेको छ । उक्त हकप्रद शेयर निष्कासन पछि पूँजी रू. १ अर्ब ५ करोड ४४ लाख भन्दा बढी पुग्नेछ ।  त्यसैगरी, बाँकी पाँच ओटा कम्पनीले बोर्डमा निवेदन दिएका छन् । सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनीले १० बराबर ३ को अनुपात रू. १०० अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको हो ।   हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले इक्रा नेपालमा रेटिङ सम्पन्न गराइसकेको छ । इक्रा नेपालले इक्रा एनपी आर ए रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कमपनीले समयमा आफ्ना दायित्व पूरा गर्न सक्ने जनाउँछ । कम्पनीको के्रडिट रिस्क कम रहेको उल्लेख गरेको छ ।  त्यसैगरी, कर्पोरेट डेभलपमेण्ट बैंकले ३० लाख कित्ता, समृद्धि फाइनान्सले २७ लाख २९ हजार ७०५ कित्ता, नारायणी डेभलपमेण्ट बैंकले १३ लाख १२ हजार ३३८ कित्ता र छ्याङदी हाइड्रोपावरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।                                                                               स्रोत : नेपाल धितोपत्र बोर्ड

छ्याङ्दी हाइड्रोपावर र नारायणी डेभलपमेण्ट बैंकको शेयर सूचीकृत

वैशाख ८, काठमाडौं । दुई अलग - अलग कम्पनीको शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।  छ्याङदी हाइड्रोपावर लिमिटेडको बोनस शेयर र नारायणी डेभलपमेण्ट बैंकको हकप्रद शेयर सूचीकृत भएको हो । छ्याङदी हाइड्रोपावरको १ लाख ४१ हजार ७५० कित्ता बोनस शेयर र नारायणी डेभलपमेण्ट बैंकको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । ती दुबै कम्पनीको शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।