छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

वैशाख ९, काडमाडौं । बिहीवार नेप्सेमा छ्याङदी हाइड्रोपावर कम्पनीको हकप्रद  शेयर सूचीकृत भएको छ ।कम्पनीको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अ व यो हकप्रद शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीद विक्री गर्न सक्नेछन् । कम्पनीले गत माघ ११ गते देखि फागुन २ गते निष्कासन गरेको ३० प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो ।   

सम्बन्धित सामग्री

पूँजी वृद्धि र नयाँ आयोजनामा लगानी गर्न हकप्रद शेयर निष्कासन गर्दै १२ कम्पनी

काठमाडौं । पूँजी वृद्धि, नयाँ आयोजना लगानी र ऋण तिर्नका लागि विभिन्न १२ कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, ङादी ग्रुप पावर, आँखुखोला जलविद्युत कम्पनी, अरुण भ्याली हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी, एनएलजी इन्स्योरेन्स, रिडी पावर, लिवर्टी इनर्जी, बरुण हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेका हुन् । यी सबै कम्पनीले हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिइसकेका छन् । हाइड्रोपावर कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृतिसमेत पाइसकेका छन् ।  लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्‍याउन निर्देशन दिएसँगै कम्पनीले हकप्रद शेयर निष्कासन प्रक्रिया अगाडि बढाएको हो । कम्पनीले २ करोड ३४ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको हो । हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।  एनएलजी इन्स्योरेन्स कम्पनीले पनि बिमा प्राधिकरणले तोकेको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पु¥याउन निर्देशन दिएसँगै हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत अर्थात् ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।  हाइड्रोपावर कम्पनीहरूले भने नयाँ आयोजनामा लगानी गर्न र ऋण तिर्नका लागि हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् । हाइड्रोपावर कम्पनीहरूले कर्जा तिर्न हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्था विद्युत् नियमन आयोगले गरेपछि उनीहरूले यो विकल्प रोजेका हुन् । हाइड्रोपावर कम्पनीमध्ये सबैभन्दा बढी ङादी ग्रुप पावर कम्पनीले १ करोड ८५ लाख १२ हजार ७९२ दशमलव २३ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा छ । आँखुखोला जलविद्युत कम्पनीले १ करोड २० लाख, अरुण भ्याली हाइड्रोपावर र हिमालयन उर्जा विकास कम्पनीले समान ९९ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेका छन् ।  रिडी पावर कम्पनीले ७७ लाख ४४ हजार ५०६ कित्ता, लिवर्टी इनर्जी कम्पनीले ७५ लाख, बरुण हाइड्रोपावरले ५३ लाख ५८ हजार १५० कित्ता र छ्याङदी हाइड्रोपावरले ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेका छन् । त्यस्तै जोशी हाइड्रोपावरले २४ लाख १४ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ । नारायणी डेभलमपेन्ट बैंकले भने २६ लाख २४ हजार ६७६कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ ।  स्रोत : नेपाल धितोपत्र बोर्ड ।

१५० % हकप्रद शेयर जारी गर्ने तयारीमा छ्याङ्दी हाइड्रोपावर

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले १५० प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारी गर्दै छ । यसअघि कम्पनीले ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव २०७८ साल पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो । उक्त प्रस्तावलाई रद्द गर्दै हाल कायम चुक्तापूँजीको आधारमा १५० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय कम्पनीले गरेको हो । फागुन १२ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले हकप्रद निष्कासनसम्बन्धी निर्णय गरेको हो । विद्युत् नियमन आयोगको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि कम्पनीले नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्कासनका लागि स्वीकृति माग गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ३८ करोड ६९ लाख ५५ हजार ५०० रहेको छ । कम्पनीको प्रस्तावित हकप्रद शेयर विक्री गर्न अनुमति पाएमा चुक्तापूँजी रू. ९६ करोड ७४ लाख ४३ हजार ७५० पुग्नेछ । यस कम्पनीले ४ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्दै आएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले रू. ५ करोड २६ लाखभन्दा बढीको विद्युत् विक्री गरेको छ । यस अवधिसम्म कम्पनी रू. १ करोड १२ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । पछिल्लो समय जलविद्युत् कम्पनीहरूलाई आयोजना निर्माणका लागि लिएको कर्जा भुक्तानीका लागि हकप्रदमार्फत पूँजी जुटाउन सक्ने व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुसार कम्पनीले हकप्रदमार्फत पूँजी जुटाउन लागेको हो ।

छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँट तथा रकम फिर्ता

फागुन २२, काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर फागुन १९ गते बाँडफाँट भएको छ ।  कम्पनीले पुस २० गतेसम्मका कायम शेयरधनीहरुका लागि माघ ११ गतेदेखि प्रतिशेयर रू. १०० रुपैयाँ अंकित दरका ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद निष्कासन गरेको थियो ।  कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा उक्त हकप्रद शेयर विक्री गरेको हो । कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिने २८ हजार ३११ जना शेयरधनीलाई ८ लाख ३३ हजार १९१ कित्ता शेयर बाँडफाँट गरेको हो । साथै, कम्पनीले बाँडफाँटमा नपरेको शेयर बापतको रकम फागुन २३ गतेदेखि आवेदकहरुको फारममा उल्लेख बैंक खातामा पठाउने भएको छ ।  कम्पनी हकप्रदको विक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयर आजदेखि विक्री खुला

माघ ११, काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर आज (मंगलवार) देखि निष्कासन तथा विक्री खुला भएको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद जारी गर्ने भएको हो । हकप्रद निष्कासनका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गरेको थियो । यसअनुसार पुस २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल तथा ग्लोबल आइएमई बैंकको लमजुङका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।  यसका साथै धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत फागुन २ गतेसम्म आवेदन दिन पाउनेछन्। कम्पनीको हकप्रदलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्तापूँजी रू. २९ करोड ७६ लाख ७५ हजार रहेको छ हकप्रद निष्कासनपछि उक्त पूँजी रू. ३८ करोड ६९ लाख ७७ हजार ५०० पुग्नेछ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट पुस १ गते अनुमति पाएको हो ।

हकप्रद शेयर निष्कासनका लागि छ्याङ्दी हाइड्रोपावरले बोर्डसँग माग्यो अनुमति

वैशाख १९, काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न बोर्डसँग आइतवार अनुमति मागेको हो ।  विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  ५ दशमलव २६ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. २९ करोड ७६ लाख ७५ हजार पुगेको छ । यही पूँजीको आधारमा कम्पनीले हकप्रद शेयर निष्कासन गर्नेछ । हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. ३८ करोड ६९ लाख ७७ हजार पुग्नेछ ।

छ्याङ्दी हाइड्रोपावर र नारायणी डेभलपमेण्ट बैंकको शेयर सूचीकृत

वैशाख ८, काठमाडौं । दुई अलग - अलग कम्पनीको शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।  छ्याङदी हाइड्रोपावर लिमिटेडको बोनस शेयर र नारायणी डेभलपमेण्ट बैंकको हकप्रद शेयर सूचीकृत भएको हो । छ्याङदी हाइड्रोपावरको १ लाख ४१ हजार ७५० कित्ता बोनस शेयर र नारायणी डेभलपमेण्ट बैंकको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । ती दुबै कम्पनीको शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।