वैशाख ८, काठमाडौं । दुई अलग - अलग कम्पनीको शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
छ्याङदी हाइड्रोपावर लिमिटेडको बोनस शेयर र नारायणी डेभलपमेण्ट बैंकको हकप्रद शेयर सूचीकृत भएको हो ।
छ्याङदी हाइड्रोपावरको १ लाख ४१ हजार ७५० कित्ता बोनस शेयर र नारायणी डेभलपमेण्ट बैंकको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । ती दुबै कम्पनीको शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।