प्रदेश बजेट २०७९/०८०: नि:शुल्क सुत्केरी आहारदेखि सिकलसेल एनेमिया उपचार सहयोग गरिने

लुम्बिनी प्रदेश सरकारले सुत्केरी महिलामा हुने कुपोषण रोक्न नि:शुल्क सुत्केरी पोषण कार्यक्रम ल्याएको छ । यसका लागि आउँदो आर्थिक वर्षका लागि ५ करोड बजेट छुट्याएको छ । थारु समुदायलाई हुने सिकलसेल एनेमियाको नि:शुल्क उपचार गर्न ३ करोड ३० लाख बजेट विनियोजन गरेको छ ।