न्यायपरिषद्को बैठकले मुलुकभरका एक सय ९७ जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ । बुधबार बसेको प्रधानन्यायाधीश एवम् न्यायपरिषद्का अध्यक्ष गोपाल पराजुलीसहितको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । यसका साथै, सर्वोच्च अदालतका लागि तीन न्यायाधीशको नियुक्ति सिफारिस गरेको छ । सर्वोच्चमा चार जना स्थायी न्यायाधीश पद रिक्त थियो। त्यसैगरी, बैठकले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश…