स्नेहा अर्यालले यसअघि कहिल्यै पनि यस्तो तालिम लिएकी थिइनन् । प्रहरी, सेनामा कार्यरत वा तेक्वान्दो खेल्नेहरूले मात्र आत्मरक्षा तालिम लिन्छन् भन्ने सुनेकी थिइन् । ‘मलाई यस्तो आत्मरक्षा गर्ने भन्ने विषयमा खासै जानकारी थिएन,’ रम्भा गाउँपालिका–३ पीपलडाँडाकी कक्षा १० की विद्यार्थी अर्यालले भनिन्, ‘अब भने धेरै कुरा सिक्ने अवसर मिलेको छ । सिकेको र जानेका कुरा अरूलाई पनि सिकाउने प्रयास गर्नेछु ।’