१५ महिनादेखि विमानस्थल बन्द

रुकुम पश्चिममाको चौरजहारी विमानस्थल विगत १५ महिनादेखि बन्द भएको छ । विमानस्थल बन्द हुँदा जाजरकोट, सल्यान र रुकुम पश्चिमलगायत यस क्षेत्रका नागरिक हवाई सेवा लिनबाट वञ्चित भएका छन् ।

सम्बन्धित सामग्री

बनेका विमानस्थल सञ्चालन नहुने, नयाँ विमानस्थल निर्माणको योजना

सरकारले नयाँ विमानस्थल निर्माण गर्ने योजना बनाइरहेको छ । तर, नेपालमा बनेका कतिपय विमानस्थल सञ्चालनमा आउनै सकेका छैनन् । त्यसतर्फ भने सरकारको चासो पुग्न सकेको छैन । केहीमा उडान भएर बन्द भएका छन् भने केही निर्माण सम्पन्न भए पनि परीक्षण उडानमै सीमित बनेका छन् । अहिले ती विमानस्थल गौचरणमा परिणत भएका छन् । विभिन्न कारणले लामो …

जुम्ला विमानस्थल विस्तार हुने

विगत साढे दुई दशकदेखि सञ्चालनमा रहेको जुम्ला विमानस्थल विस्तार हुने भएको छ । कर्णाली प्रदेशकै सबैभन्दा व्यस्त जुम्ला विमानस्थल विस्तार हुने भएको हो । वर्षौंदेखि विमानस्थल विस्तारको नारा लाग्दै आए पनि डिपिआरसमेत अलपत्र अवस्थामा छ । करिब तीन वर्ष पहिले नागरिक उड्डयन प्राधिकरण तथा बुद्ध एयरले जुम्ला विमानस्थल स्तरोन्नति गर्न डिपिआर गरेको थियो । अहिलेसम्म […]

दबाबमा बनाइन्छन् विमानस्थल

काठमाडौं, भदौ ४ । हवाई यातायातबाट राज्यले अधिकतम फाइदा लिने उद्देश्यले देशभर निर्माण भएका ५३ विमानस्थलमध्ये १६ वटा विमानस्थल घाटामा सञ्चालन भइरहेका छन् । विमानस्थल निर्माणका लागि आवश्यकता, औचित्य र दीर्घकालीन रूपमा विमानस्थल सञ्चालनको सुनिश्चितता नहुँदा आन्तरिकतर्फका १६ वटा विमानस्थल बर्सेनि घाटामा सञ्चालन हुँदै आएका हुन् । हाल देशभर अन्तर्राष्ट्रिय र आन्तरिकतर्फ गरेर ५३ विमानस्थल […]

अब के होला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ?

बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै संसदीय समितिले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि काम अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । अर्कोतिर, सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा समेत निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रकम विनियोजन गरिएको छ ।सर्वोच्च अदालतले जेठ १३ गते निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णयलाई बदर गरिदिएको थियो । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कानुनी अड्चन हटाए

सुर्खेत विमानस्थल विस्तारको तयारी

सरकारले सुर्खेत विमानस्थल विस्तारको तयारी थालेको छ। हालको विमानस्थलको उत्तरतर्फ १२.४३ विघा जमिन अधिग्रहण गरेर विमानस्थल विस्तारको तयारी गरेको हो।...

अलपत्र विमानस्थल

जाजरकोट, ७ मंसिर । तल्लो डोल्पालाइ लक्षित गरि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको मेसिनेचौर निर्माण गरिएको विमानस्थल । यो विमानस्थल निर्माण भएको वर्षौ बितेपनि स्तरोन्नती नहुँदा अहिले सम्म उडान सुरु हुन सकेको छैन । तस्वीरः हेमन्त केसी रासस

निर्माणाधीन विमानस्थल

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल । तस्बिर : राधिका कँडेल/रासस

विराटनगर विमानस्थल बन्द

अविरल वर्षाका कारण बुधबार विराटनगर विमानस्थल बन्द भएको छ । विराटनगर विमानस्थलमा धावनमार्गदेखि विमान पार्किङ गर्ने स्थान र कर्मचारी निवासमा पानी जमेको विमानस्थल कार्यालयका प्रमुख उत्सव खरेलले बताए । उनले भने, “विमानस्थलभित्र ३ देखि ४ फिटसम्म पानी जमेको छ । पानीले विमानस्थलमा लेदोसमेत ल्याएको छ ।”अत्यधिक वर्षा र नजिकका खोलाको पानी विमानस्थलमा पसेकाले विमानस्थल जलमग्न […]

धनगढी विमानस्थल अवरुद्ध

कैलाली, असोज २५ । समिट एयरको जहाजमा समस्या आएपछि धनगढी विमानस्थल अवरुद्ध भएको छ । धनगढीबाट बाजुरा जाने समिटको जहाजको टायरमा खराबी आएर जहाज उडन नसकेपछि विमानस्थल अवरुद्ध भएको हो । सो जहाजको टायरमा समस्या आएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताउनुभयो । टायरमा खराबीका कारण सो जहाज उड्न नसकेर धावनमार्गमा रोकिएपछि अहिले धनगढी विमानस्थल […]

विमानस्थल सञ्चालन गर्न सम्झौतापत्रमा हस्ताक्षर

महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि तीनै तहका सरकारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि सोमबार सुदूरपश्चिम प्रदेश सरकार, नेपाल नागरिक उड्ययन प्राधिकरण, भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाबीच हस्ताक्षर भएको हो ।संस्कृति, पर्यटन तथा उडड्यन मन्त्रालयमा भएको सम्झौतामा विमानस्थल निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गरी उक्त विमानस्थललाई आधुनिकस्तरको सुविधा सम्पन्न विमानस्थल बनाउने उल्लेख […]