दबाबमा बनाइन्छन् विमानस्थल

काठमाडौं, भदौ ४ । हवाई यातायातबाट राज्यले अधिकतम फाइदा लिने उद्देश्यले देशभर निर्माण भएका ५३ विमानस्थलमध्ये १६ वटा विमानस्थल घाटामा सञ्चालन भइरहेका छन् । विमानस्थल निर्माणका लागि आवश्यकता, औचित्य र दीर्घकालीन रूपमा विमानस्थल सञ्चालनको सुनिश्चितता नहुँदा आन्तरिकतर्फका १६ वटा विमानस्थल बर्सेनि घाटामा सञ्चालन हुँदै आएका हुन् । हाल देशभर अन्तर्राष्ट्रिय र आन्तरिकतर्फ गरेर ५३ विमानस्थल […]

सम्बन्धित सामग्री

बनेका विमानस्थल सञ्चालन नहुने, नयाँ विमानस्थल निर्माणको योजना

सरकारले नयाँ विमानस्थल निर्माण गर्ने योजना बनाइरहेको छ । तर, नेपालमा बनेका कतिपय विमानस्थल सञ्चालनमा आउनै सकेका छैनन् । त्यसतर्फ भने सरकारको चासो पुग्न सकेको छैन । केहीमा उडान भएर बन्द भएका छन् भने केही निर्माण सम्पन्न भए पनि परीक्षण उडानमै सीमित बनेका छन् । अहिले ती विमानस्थल गौचरणमा परिणत भएका छन् । विभिन्न कारणले लामो …

जुम्ला विमानस्थल विस्तार हुने

विगत साढे दुई दशकदेखि सञ्चालनमा रहेको जुम्ला विमानस्थल विस्तार हुने भएको छ । कर्णाली प्रदेशकै सबैभन्दा व्यस्त जुम्ला विमानस्थल विस्तार हुने भएको हो । वर्षौंदेखि विमानस्थल विस्तारको नारा लाग्दै आए पनि डिपिआरसमेत अलपत्र अवस्थामा छ । करिब तीन वर्ष पहिले नागरिक उड्डयन प्राधिकरण तथा बुद्ध एयरले जुम्ला विमानस्थल स्तरोन्नति गर्न डिपिआर गरेको थियो । अहिलेसम्म […]

अब के होला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ?

बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै संसदीय समितिले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि काम अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । अर्कोतिर, सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा समेत निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रकम विनियोजन गरिएको छ ।सर्वोच्च अदालतले जेठ १३ गते निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णयलाई बदर गरिदिएको थियो । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कानुनी अड्चन हटाए

आकासियो जग्गा, बनेन विमानस्थल

बनेपाको नागीडाँडामा विमानस्थल निर्माणको अत्तोपत्तो नभए पनि विमानस्थल बन्ने हल्लाले जग्गाको मूल्य पाँच गुणाले वृद्धि भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विमानस्थलमा चाप बढेपछि काभ्रेको बनेपा नगरपालिका–११ स्थित नागीडाँडामा विमानस्थल निर्माण गर्न सम्भाव्यता अध्ययन गरिएको थियो । सो अध्ययन थालिएपछि अब छिटै विमानस्थल निर्माण हुनेमा स्थानीयवासी निकै खुसी भए । विमानस्थल निर्माण हुने क्षेत्र नजिकका जग्गाको कारोबार पनि ह्वात्तै बढ्यो । मनपरी ढङ्गले जग्गा प्लटिङ गरिए । चलनचल्तीको भन

सुर्खेत विमानस्थल विस्तारको तयारी

सरकारले सुर्खेत विमानस्थल विस्तारको तयारी थालेको छ। हालको विमानस्थलको उत्तरतर्फ १२.४३ विघा जमिन अधिग्रहण गरेर विमानस्थल विस्तारको तयारी गरेको हो।...

अलपत्र विमानस्थल

जाजरकोट, ७ मंसिर । तल्लो डोल्पालाइ लक्षित गरि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको मेसिनेचौर निर्माण गरिएको विमानस्थल । यो विमानस्थल निर्माण भएको वर्षौ बितेपनि स्तरोन्नती नहुँदा अहिले सम्म उडान सुरु हुन सकेको छैन । तस्वीरः हेमन्त केसी रासस

निर्माणाधीन विमानस्थल

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल । तस्बिर : राधिका कँडेल/रासस

विराटनगर विमानस्थल बन्द

अविरल वर्षाका कारण बुधबार विराटनगर विमानस्थल बन्द भएको छ । विराटनगर विमानस्थलमा धावनमार्गदेखि विमान पार्किङ गर्ने स्थान र कर्मचारी निवासमा पानी जमेको विमानस्थल कार्यालयका प्रमुख उत्सव खरेलले बताए । उनले भने, “विमानस्थलभित्र ३ देखि ४ फिटसम्म पानी जमेको छ । पानीले विमानस्थलमा लेदोसमेत ल्याएको छ ।”अत्यधिक वर्षा र नजिकका खोलाको पानी विमानस्थलमा पसेकाले विमानस्थल जलमग्न […]

धनगढी विमानस्थल अवरुद्ध

कैलाली, असोज २५ । समिट एयरको जहाजमा समस्या आएपछि धनगढी विमानस्थल अवरुद्ध भएको छ । धनगढीबाट बाजुरा जाने समिटको जहाजको टायरमा खराबी आएर जहाज उडन नसकेपछि विमानस्थल अवरुद्ध भएको हो । सो जहाजको टायरमा समस्या आएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताउनुभयो । टायरमा खराबीका कारण सो जहाज उड्न नसकेर धावनमार्गमा रोकिएपछि अहिले धनगढी विमानस्थल […]

विमानस्थल सञ्चालन गर्न सम्झौतापत्रमा हस्ताक्षर

महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि तीनै तहका सरकारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि सोमबार सुदूरपश्चिम प्रदेश सरकार, नेपाल नागरिक उड्ययन प्राधिकरण, भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाबीच हस्ताक्षर भएको हो ।संस्कृति, पर्यटन तथा उडड्यन मन्त्रालयमा भएको सम्झौतामा विमानस्थल निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गरी उक्त विमानस्थललाई आधुनिकस्तरको सुविधा सम्पन्न विमानस्थल बनाउने उल्लेख […]