विमानस्थल सञ्चालन गर्न सम्झौतापत्रमा हस्ताक्षर

महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि तीनै तहका सरकारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि सोमबार सुदूरपश्चिम प्रदेश सरकार, नेपाल नागरिक उड्ययन प्राधिकरण, भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाबीच हस्ताक्षर भएको हो ।संस्कृति, पर्यटन तथा उडड्यन मन्त्रालयमा भएको सम्झौतामा विमानस्थल निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गरी उक्त विमानस्थललाई आधुनिकस्तरको सुविधा सम्पन्न विमानस्थल बनाउने उल्लेख […]

सम्बन्धित सामग्री

फागुनदेखि तारा एयरले इलाममा उडान गर्ने

काठमाडौं (अस) । तारा एयरले इलामको सुकिलुम्बा विमानस्थलमा उडान सेवा शुरू गर्ने भएको छ । इलाम नगरपालिका र तारा एयर प्रालिबीच सुकिलुम्बा विमानस्थल सञ्चालन गर्न सम्झौता भएअनुसार फागुन ८ देखि प्रत्येक आइतवार काठमाडौं–सुकिलुम्बा उडान हुने भएको हो । नेपाल पर्यटन बोर्डका सदस्य तथा पर्यटन व्यवसायी कृष्ण शाहले पूर्वका पर्यटन व्यवसायी उत्साहित भएको बताए । उनका अनुसार नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । १६ यात्रु क्षमता सिट क्षमताको जहाज एकतर्फी भाडा रू. ८ हजार ७०० तोकिएको छ । सम्झौताअनुसार ११/११ जनाको आउने–जाने भाडा इलाम नगरपालिकाले नै तिर्नुपर्नेछ । नगरपालिकाले एकतर्फी भाडा तिरेर दुईतर्फकै उडानमा सहुलियत दिइएको समेत उनले बताए । ‘इलाम आफैमा राम्रो पर्यटकीय गन्तव्य हो, इलामलाई प्रकृति र संस्कृतिको संगम मान्ने गरिन्छ । त्यहाँ पर्यापर्यटन, कृषि–पर्यटन, चिया पर्यटन, धार्मिक–सांस्कृतिक पर्यटन र मनोरञ्जन पर्यटनको सम्भावना छ,’ उनले भने । हवाई सेवा नियमित हुन सके इलाम जाने पर्यटकको संख्या बढ्ने उनको दाबी छ । इलाममा सन्दकपुर, माईपोखरी, कन्याम–अन्तु सर्किट, छिन्टापु, सानो पाथीभरा, सिद्धिथुम्का, माङ्मालुङ, माङ्सेबुङ, गजुरमुखी, रेड पाण्डा पाइने वन तथा इलाम सदरमुकाम, पशुपतिनगर आदि पर्यटकीय आकर्षणका केन्द्रका रूपमा रहेका छन् ।