एउटा मस्तिष्क मरणबाट आठ जनाको ज्यान जोगाउन सकिने देखिएको छ । नेपाल प्रेस इस्न्टिच्युटले आज यहाँ आयोजना गरेको कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले एउटा मस्तिष्क मरणबाट आठ जनामा अङ्ग प्रत्यारोपण गर्न सकिने बताए ।उनका अनुसार मिर्गौला, फोक्सो, मुटु, कलेजो, ‘प्याङ्क्रियाज’ र आनो आन्द्रा मस्तिष्क मरणबाट अङ्ग प्रत्योरोपण गर्न सकिन्छ । “एक जनाको मस्तिष्क मृत्युको विभिन्न अङ्ग प्रयोग गरेर आठको ज्यान बचाउन सकिन्छ,” उन