काठमाण्डौ – एउटा मस्तिष्क मरणबाट आठ जनाको ज्यान जोगाउन सकिने देखिएको छ । नेपाल प्रेस इस्न्टिच्युटले आज शुक्रवार आयोजना गरेको कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले एउटा मस्तिष्क मरणबाट आठ जनामा अङ्ग प्रत्यारोपण गर्न सकिने बताउनुभयो ।
उहाँका अनुसार मिर्गौला, फोक्सो, मुटु, कलेजो, प्याङ्क्रियाज र सानाे आन्द्रा मस्तिष्क मरणबाट अङ्ग प्रत्योरोपण गर्न सकिन्छ । ‘एक जनाको मस्तिष्क मृत्युको विभिन्न अङ्ग प्रयोग गरेर आठ जनाको ज्यान बचाउन सकिन्छ’, उहाँले भन्नुभयो, &lsq...