यूनिभर्सिटी अफ सदर्न डेन्मार्कमा झन्डै १०,००० मानिसको मस्तिष्क राखिएको छ । दशकौँअघि मनोरोग लागेर मृत्यु भएका मानिसहरूको शवबाट ती मस्तिष्क निकालेर सङ्कलन गरिएको हो । मानव मस्तिष्कको यति ठूलो सङ्कलन अन्यत्र नभएको ठानिएको छ । बिरामी वा तिनका आफन्तको अनुमतिबिनै सङ्कलन गरिएको भए पनि सन् १९९० को दशकमा डेनिश एथिक्स काउन्सिलले ती मस्तिष्कमा अनुसन्धान गर्न …