काठमाडौं : त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ५० औं वार्षिकोत्सवको कार्यक्रममा अस्पताल बन्द गर्ने निर्णयबाट पछि हटेको छ। वार्षिकोत्सव समारोहमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी आउने भन्दै आइओएमकी डिन दिव्या सिंह शाहले संस्थान अन्तर्गतको त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र वीपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्रलाई आकस्मिक बाहेकका सेवा बन्द गरी कार्यक्रममा सहभागी हुन निर्देशन दिँदै पत्र पठाएकी थिइन्।&n