बुटवल । रुपन्देहीको तिनाउ नदी किनारमा आगो ताप्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा तिनाउ नदी किनारमा आगो ताप्ने क्रममा एक्कासी माटोको ढिस्को खसेपछि ढिस्कोसँगै खसेका ५ जना घाइते भएका हुन् । घाइते मध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ […]