पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । एक जनाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ भने अर्का एक जनाको पार्किङ गरेर राखिएको स्काभेटरमा शव फेला परेको छ । पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर २ की ७३ वर्षकी गौकुमारी श्रेष्ठको आगो ताप्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । आफ्नौ घरमा आगो ताप्ने क्रममा जलेपछि उपचारको क्रममा उनलाई मिसन अस्पताल तानसेनमा ल्याएको थियो । त्यहीँ आज मृत्यु भएको प्रहरीले जनाएको छ ।यता पाल्पाको तिनाउ गाउँपाल