हेटौंडा : बागमती प्रदेशमा आजबाट सवारी साधनको अनलाइन कर भुक्तानीका लागि ‘यातायात व्यवस्था सुचना प्रणाली’ सञ्चालनमा आएको छ। अब बागमती प्रदेशका यातायात सम्बद्ध कर तथा राजस्व घरमै बसेर अनलाइनबाट भुक्तानी गर्न सकिने भएको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबार आयोजित एक कार्यक्रमकाबीच यातायात व्यवस्था सुचना प्रणालीको शुभारम्भ गरेका हुन्।सवारी चालक अनुमति शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाट घरमै बसेर पनि भुक्तानी गर्न सकिने प्रदेशक