अब अनलाइन प्रणाली मार्फत नै सावरी साधनको सम्पूर्ण कर तिर्न सकिने भएको छ । बागमती प्रदेश सरकारले शुक्रबारदेखि लागू हुने गरी लाइसेन्स शुल्क, ब्लूबुक नवीकरण शुल्क, जरिवाना शुल्क लगायतका सम्पूर्ण सवारी साधन सम्बन्धी करलाई डिजिटलाइजेसन गर्दै अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो ।शुक्रबार एक समारोहका बीच प्रदेश यातायात व्यवस्था तथा विकास मन्त्रालय, हेटौंडाले डिजिटल अनलाइन पेमेन्ट सेवा संचालनमा ल्याएको हो ।उक्त सेवा मन्त्रालयको वेबसाइट र नागरिक एपको प्रयोग गरेर सवारी सम्बन्धी सबै किसिमका कर