कोरोना त्रासबीच भिडमा उभिएर यातायात कर तिर्दै सेवाग्राही

भद्रपुर (झापा) : सरकारले लकडाउन खुकुलो बनाएसँगै झापाको बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको भिड ह्वतै बढेको छ। यातायात व्यवस्था कार्यालय झापामा सवारी कर तिर्न आउने सेवाग्राहीको अत्यधिक भिड बढेसँगै कोरोना भाइरसको संक्रमण फैलिने त्रास समेत बढेको छ। आइतबारबाट सरकारले सबै किसिमका सवारीसाधनको नवीकरण शुल्क ...

सम्बन्धित सामग्री

निषेधाज्ञा अवधिको जरीवाना मिनाहा गर्न वीउवासंघको माग

वीरगञ्ज (अस) । निषेधाज्ञा अवधिभरि सवारीसँग सम्बन्धित सेवाका सेवाग्राहीसँग कुनै प्रकारको जरीवाना नलिन वीरगञ्ज उद्योग वाणिज्य संघ (वीउवासंघ)ले माग गरेको छ । संघका अध्यक्ष सुबोधकुमार गुप्ताले २ नम्बर प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयलाई पत्र लेखेर यस्तो माग गरेका हुन् । कोरोना महामारी नियन्त्रणका लागि सरकारले लगाएको निषेधाज्ञा अहिले पनि जारी रहेको अवस्थामा यस्तो अवधिमा सेवाग्राहीसित जरीवान असुल्नु अनुचित हुने संघको तर्क छ । परिस्थितिजन्य कारणले सरकारी कार्यालय र यातायात बन्द हुँदा सेवाग्राहीले कर र राजस्व तिर्न नसकेको संघका पूर्वअध्यक्ष प्रदीपकुमार केडिया बताउँछन् । अहिले निषेधाज्ञा खकुलो भएसँगै कार्यालय खुल्न थालेको र सेवाग्राही आफ्नो काम लिएर जाँदा नारायणी यातायात व्यवस्था कार्यालयले जरीवानासमेत असुल गरेको संघको पत्रमा उल्लेख छ । प्रदेश सरकारबाट तत्काल जरीवाना मिनाहाको निर्णय हुनुपर्ने संघका उपाध्यक्ष हरि गौतमले बताए । संघ सरकारले असार ३० गतेसम्म कुनै प्रकारको जरीवाना नलिन भनिसकेको अवस्थामा सेवाग्राहीसित जरीवाना लिनु अनुचित भएको उपाध्यक्ष गौतमको भनाइ छ । जरीवाना मिनाहाका लागि प्रदेश २ भौतिक पूर्वाधार मन्त्रालयले प्रक्रिया अघि बढाइसकेको यातायात कार्यालयका एक अधिकारीले बताए । मन्त्रालयले यो प्रस्ताव प्रदेश मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ । जरीवाना मिनाहाका लागि मन्त्रिपरिषद्को निर्णय चाहिन्छ । गत वर्षको बन्दाबन्दीमा पनि प्रदेश सरकारले यस्तो जरीवाना मिनाहा गरेको थियो ।

निषेधाज्ञा अवधिको जरीवाना मिनाहा गर्न वीउवासंघको माग

असार १५, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघ (वीउवासंघ) ले निषेधाज्ञा अवधिभरि सवारीसँग सम्बन्धित सेवाका सेवाग्राहीसँग कुनै प्रकारको जरीवाना नलिन माग गरेको छ ।  संघका अध्यक्ष सुवोधकुमार गुप्ताले २ नम्बर प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयलाई पत्र लेखेर यस्तो माग गरेका हुन् ।  कोरोना महामारी नियन्त्रणका लागि सरकारले लगाएको निषेधाज्ञा अहिले पनि जारी रहेको अवस्थामा यस्तो अवधिमा सेवाग्राहीसित जरीवान असुल्नु अनुचित हुने संघको तर्क छ । परिस्थितिजन्य कारणले सरकारी कार्यालय र यातायात बन्द हुँदा सेवाग्राहीले कर र राजस्व तिर्न नसकेको संघका पूर्वअध्यक्ष प्रदीपकुमार केडिया बताउँछन् ।  अहिले निषेधाज्ञा खकुलो भएसँगै कार्यालय खुल्न थालेको र सेवाग्राही आफ्नो काम लिएर जाँदा नारायणी यातायात व्यवस्था कार्यालयले जरीवानासमेत असुल गरेको संघको पत्रमा उल्लेख छ ।  प्रदेश सरकारबाट तत्काल जरीवाना मिनाहाको निर्णय हुनुपर्ने संघका उपाध्यक्ष हरि गौतमले बताए । संघ सरकारले असार ३० गतेसम्म कुनै प्रकारको जरीवाना नलिन भनिसकेको अवस्थामा सेवाग्राहीसित जरीवाना लिनु अनुचित भएको उपाध्यक्ष गौतमको भनाइ छ ।  जरीवाना मिनाहाका लागि प्रदेश २ भौतिक पूर्वाधार मन्त्रालयले प्रक्रिया अघि बढाइसकेको यातायात कार्यालयका एक अधिकारीले बताए । मन्त्रालयले यो प्रस्ताव प्रदेश मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ ।  जरीवाना मिनाहाका लागि मन्त्रिपरिषद्को निर्णय चाहिन्छ । गत वर्षको बन्दाबन्दीमा पनि प्रदेश सरकारले यस्तो जरीवाना मिनाहा गरेको थियो ।