काठमाडौं । बागमती प्रदेशमा दर्ता भएका सवारीसाधनको कर (राजस्व) अब अनलाइन माध्यमबाटै तिर्न सकिने भएको छ । मंगलबार प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले यातायात कार्यालय एकान्तकुनाबाट अनलाइन भुक्तानी सेवाको शुभारम्भ गरेका हुन् । यससँगै अब यस प्रदेशमा दर्ता भएका सवारी साधनको कर तिर्न यातायात कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । यद्यपि, अनलाइनबाट […]