भारतमा खुल्यो पहिलो एप्पल स्टोर, टिम कुकले गरे उद्घाटन

६ वैशाख, काठमाडौं । एप्पल कम्पनीका सीईओ टिम कुकले भारतमा पहिलो आधिकारिक एप्पल स्टोरको उद्घाटन गरेका छन् । भारतको वित्तीय राजधानीको रुपमा रहेको मुम्बईमा मुलुककै पहिलो एप्पल स्टोर खुलेको हो । त्यसक्रममा उनले ग्राहकहरुतर्फ हात हल्लाए भने कर्मचारीहरुको ताली तथा स्वागतसँगै स्टोरको ढोका खोले ।उनले एप्पल स्टोरमा आएका ग्राहकलाई अभिभावद गर्दै कतिपयसँग सेल्फी पनि खिचे […]

सम्बन्धित सामग्री

एप्पलले भारतको बान्द्रामा खोल्यो पहिलो स्टोर

अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पले भारतमा पहिलो आधिकारिक एप्पल स्टोर खोलेको छ । भारतको वित्तीय राजधानीको रुपमा रहेको मुम्बईको बान्द्रामा एप्पलले आफ्नो आधिकारिक स्टोर खोलेको बीबीसीले जनाएको छ ।  उक्त एप्पल स्टोरको उद्घाटन एप्पल कम्पनीका सीईओ टिम कुकले गरेका छन् । उद्घाटनका क्रममा टीम कुकले ग्राहकहरुतर्फ हात हल्लाउँदै भारतमा रहेको पहिलो स्टोरको ढोका खोलेका थिए। साथै...

भारतमा एप्पलको पहिलो स्टोर खुल्यो: सस्तो होला त आईफोन !

काठमाडौं । विश्वप्रसिद्ध टेक कम्पनी एप्पलको पहिलो आधिकारिक स्टोर भारतमा खुलेको छ । कम्पनीका सीईओ टिम कुकले आज मंगलबार बिहान ११ बजे मुम्बईमा कम्पनीको पहिलो फ्ल्यागशिप रिटेल स्टोरको उद्घाटनगरेका हुन । यो स्टोर रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीको जियो वर्ल्ड ड्राइभ मलमा खुलेको हो । एप्पलका अहिले २५ देशमा जम्मा ५ सय ५१ स्टोर छन्। अर्को एप्पल स्टोर दिल्लीको साकेतमा २० अप्रिलमा खुल्नेछ । यहाँ धेरैलाई प्रश्न हुनेछ कि भारतमा धेरै एप्पल स्टोरहरू पहिले नै छन्, यसमा नयाँ के छ? वास्तवमा, हाल एप्पलका उत्पादनहरू बेच्ने सबै स्टोरहरू कम्पनीका प्रिमियम रिसेलरहरू हुन्। प्रिमियम रिसेलरले तेस्रो पक्ष स्टोरहरूलाई बुझाउँछ जसले एप्पलका उत्पादन बेच्नको लागि  इजाजतपत्र प्राप्त गरेको छ। विश्व प्रसिद्ध ब्राण्डले भारतमा शोरूम खोलेसंगै  एप्पलका समान सस्तोमा पाईने आँकलन गरिएको छ । तर त्यस्तो भने हुने छैन । Apple Store मा मूल्य सामान्यतया JioMart, Croma र Amazon जस्ता प्लेटफर्महरू भन्दा बढी हुन्छ। यदि एप्पलले कुनै विशेष छुट प्रदान गरिरहेको छ भने, यो फाइदा लिन सकिन्छ। त्यसैले उत्पादन सस्तो पाइने ग्यारेन्टी भने छैन। अहिलेसम्म एप्पलका सर्भिस सेन्टरहरू यसका स्टोरहरूबाट छुट्टाछुट्टै देशमा तेस्रो पक्षहरूमार्फत सञ्चालन हुने गरेको छ। अब ग्राहकले इन-स्टोर सर्भिसिङ सुविधा पनि पाउनेछन् । यसलाई  'जीनियस बे' Genius Bay भनिन्छ। यसले पार्टपुर्जा नहुँदा ढिलाइ हुने समस्या हट्नेछ । Genius Bay ले यन्त्रहरू सेटअप गर्ने र Apple ID हरू पुन: प्राप्ति गर्नदेखि सदस्यता र बिलिङसम्म सबै कुरामा मद्दत गर्नेछ। स्टोरको घोषणा 2020 मा गरिएको थियो। भारतशमा एप्पल स्टोरहरू covid- 19 महामारीका कारण शुरू गर्न ढिलाइ भएको हो । २०२० मा एप्पलको वार्षिक शेयरहोल्डरहरूको बैठकमा, सीईओ टिम कुकले भनेका थिए एप्पल आफैले बाहेक अरू कसैले भारतमा आफ्नो ब्रान्ड चलाउन चाहँदैन। ठूलो जनसंख्या र ठूलै अर्थतन्त्र भएको कारण पनि एप्पलले भारतमा आफ्नो उपस्थिति बढाइरहेको छ । यो उसको लागि महत्त्वपूर्ण बजार बनेको छ। एजेन्सीको सहयोगमा

एप्पल प्रमुख टिम कुकले बेइजिङ पुगेर गरे चिनियाँ प्रविधिको प्रशंसा

सन् २०१९ पछिको आफ्नो पहिलो चीन भ्रमणका लागि बेइजिङ आइपुगेका एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले शनिबार चीनको नविनतम प्रविधि र एप्पलसँग लामो समयदेखिको सहकार्यको प्रसंशा गरेका छन् । कुकले चीनको एक एप्पल स्टोर भ्रमण गरेका तस्बिरहरू अहिले चिनियाँ सामाजिक सञ्जालमा भाइरल भएका छन् । उनले आफैंले पनि चिनियाँ सामाजिक सञ्जाल विबोमा सेल्फी पोस्ट गरेका छन् ।

पसलबाट निस्कने बित्तिकै लुटियो १ करोड २५ लाखका आइफोन !

काठमाडौं । तपाईले दिनदहाडै घाँटीमा लगाएका सिक्री चोरहरुले थुतेर भागेको देख्नु तथा सुन्नु भएको छ होला । तर अब चेन स्न्याचिङ भनिने त्यस्तो सिक्री चोरीलाई माथ लिने आइफोन लुटपाटको घटना सार्वजनिक भएको छ । अमेरिकाको एक एप्पल स्टोर बाहिर एक व्यक्तिका १ सय २५ वटा आइफोन लुटिएका छन् । २७ वर्षका ती व्यक्तिले न्युयोर्क सिटीस्थित […]

अब एप्पलले मर्मत गर्ने छैन यी आइफोन

१८ चैत, काठमाडौं । एप्पलले अब वैध रुपमा खरीद गरिएका आइफोन बाहेक अरुको मर्मत नगर्ने भएको छ । एप्पल स्टोर तथा आधिकारिक एप्पल सर्भिस सेन्टरहरुले अब त्यस्ता आइफोनको मर्मत गरिदिने छैनन् जुन GSMA डिभाइस रजिस्ट्रीमा मिसिङ अर्थात् हराएको रुपमा सूचिकृत भएका हुन्छन् । म्याक र्युमर्स नामक वेबसाइटले प्रकाशित गरेको आधिकारिक एप्पल सर्भिस सेन्टरको एक आन्तरिक […]

भारतले फ्रि फायरसहित थप ५४ चिनियाँ एपमा प्रतिबन्ध लगायो

काठमाडौँ । भारतले सुरक्षाको कारण देखाउँदै थप ५४ वटा चिनियाँ एपमा प्रतिबन्ध लगाएको छ । जसमा लोकप्रिय अनलाइन गेम फ्री फायर समेत छ । राष्ट्रिय सुरक्षामा असर पर्न सक्ने कारण देखाउँदै भारतले ती चिनियाँ एपलाई हटाएको हो । फ्रि फायरलाई एप्पल स्टोर र गुगल प्ले स्टोर दुबैबाट हटाइएको छ । भारतको गृह मन्त्रालयले ती चिनियाँ […]

राईड सेयर कम्पनी ‘पीक मी’का चालक र ग्राहकको बीमा आइएमई जनरल इन्स्योरेन्समा

आइएमई जनरल इन्स्योरेन्स IME General Insurance  र पीक मीबीच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पीक मीका अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन् ।सम्झौता पश्चात पीक मीका चालक र पीक मी प्रयोग गर्ने सबै ग्राहकको १ लाख सम्मको दुर्घटना बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट हुनेछ । पीक मी मार्फत ग्राहकले राइड सेयरिङ, फुड डेलिभरी, लजिस्टिक सपोर्ट र मार्ट एउटै एपबाट गर्ने व्यवस्था रहेको छ । यो एप प्लेस्टो र एप्पल स्टोर दुबैमा उपलब्ध छ ।

एप्पल वाच लगाएर व्यायाम गर्नेलाई पुरस्कार दिने सिंगापुरको घोषणा

काठमाडौं । अमेरिकी कम्पनी एप्पलले सिंगापुरमा आफ्नो प्रभाव प्रचूर रुपमा विस्तार गरिसकेको छ । अघिल्लो हप्ता एप्पलले सिंगापुरमा विश्वकै पहिलो समुद्रमा तैरिएको मनमोहक एप्पल स्टोर सञ्चालन गर्यो । सिंगापुरको मेरिना बे स्याण्डस्थित समुद्रमा रहेको पुरानो …