एप्पल प्रमुख टिम कुकले बेइजिङ पुगेर गरे चिनियाँ प्रविधिको प्रशंसा

सन् २०१९ पछिको आफ्नो पहिलो चीन भ्रमणका लागि बेइजिङ आइपुगेका एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले शनिबार चीनको नविनतम प्रविधि र एप्पलसँग लामो समयदेखिको सहकार्यको प्रसंशा गरेका छन् । कुकले चीनको एक एप्पल स्टोर भ्रमण गरेका तस्बिरहरू अहिले चिनियाँ सामाजिक सञ्जालमा भाइरल भएका छन् । उनले आफैंले पनि चिनियाँ सामाजिक सञ्जाल विबोमा सेल्फी पोस्ट गरेका छन् ।