पसलबाट निस्कने बित्तिकै लुटियो १ करोड २५ लाखका आइफोन !

काठमाडौं । तपाईले दिनदहाडै घाँटीमा लगाएका सिक्री चोरहरुले थुतेर भागेको देख्नु तथा सुन्नु भएको छ होला । तर अब चेन स्न्याचिङ भनिने त्यस्तो सिक्री चोरीलाई माथ लिने आइफोन लुटपाटको घटना सार्वजनिक भएको छ । अमेरिकाको एक एप्पल स्टोर बाहिर एक व्यक्तिका १ सय २५ वटा आइफोन लुटिएका छन् । २७ वर्षका ती व्यक्तिले न्युयोर्क सिटीस्थित […]

सम्बन्धित सामग्री

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ मा नगद अफर

खल्ती डिजिटल वालेटले गत वर्षको तुलनामा यसपटक दोब्बर अफरसहित अहिलेसम्मकै सबैभन्दा ठूलो अफर ‘द बिगेस्ट पेमेन्ट जात्रा’ लिएर आएको छ । २ महिनाको यो अफर अन्तर्गत खल्तीले असार ३१ सम्म पल्सर एन १६० बाइक ५ जनासम्मले जित्न सकिने अफर ल्याएको हो । योलगायत आइफोन १४, वनप्लस ११, स्मार्ट टिभी, सबैलाई खुत्रुके, १ करोड भन्दा बढी […]

एप्पलका सीईओले बुझे करीब १० करोड डलर तलबभत्ता

पुस २५, सन फ्रान्सिस्को (अमेरिका) ।  बहुराष्ट्रिय अमेरिकी प्रविधि कम्पनी एप्पलका प्रमुख कार्यकारी अधिकृत(सीईओ) टिम कुकले आर्थिक वर्ष २०२१ मा करीब १० करोड अमेरिकी डलर अर्थात् ११ अर्ब ८३ करोड रुपैयाँं तलबभत्ता बुझेका छन् । कम्पनीले यूएस सेक्युरिटिज एन्ड एक्सचेञ्ज कमिशन (सेक) लाई बुझाएको फाइलिङले यस्तो देखाएको हो । फाइलिङ अनुसार सो अवधिमा कुकले ९ करोड ८७लाख ३० हजार डलर तलबभत्ता बुझेका छन् ।  उनले पाएको सो तलबभत्ता कम्पनीका औषत कर्मचारीहरुले पाएको भन्दा १ हजार ४४७ गुणा बढी हो । गत आवमा कम्पनीले आफ्ना कर्मचारीहरुलाई औसत ६८ हजार २५४ डलर तलवभुक्तानी दिएको छ  । अघिल्लो वर्षको तलबभुक्तानी ५७हजार ७८३ डलर थियो । गत साता मात्रै कम्पनीको बजार पूँजीकरण ३० खर्ब अमेरिकी डलरभन्दा बढी  पुगेको थियो । विगत दुई वर्षदेखि आइफोन तथा अन्य प्रडक्टको माग बढ्दै गएकाले कर्मचारीसँगै सीईओको तलब सुविधा पनि बढेको कम्पनीलाई उद्धृत गर्दै सीएनबीसीले आफ्नो वेबसाइटमा समाचार छापेको छ ।  समाचार अनुसार कुकले तलब मात्रै ३० लाख डलर लिएका छन् । कम्पनीको वित्तीय र वातावरणीय स्थायीत्व लक्ष्य पूरा गरे बापत उनले थप १ करोड २० लाख डलर पाएका छन् । व्यक्तिगत हवाई यात्रा, निजी सुरक्षा, बीमा प्रिमियमलगायत अन्य सुविधा बापत करीब १४लाख डलर थापेका छन् । ८ करोड २३ लाख डलर भने स्टक अवार्डमा पाएका छन् ।  अतिरिक्त कर कटाएर समग्रमा उनले २०२१ मा ९ करोड ८७ लाख डलर आम्दानी गरेका छन् ।  उनी कम्पनीमा २०११ को अगस्टबाट कार्यरत छन् । सन् २०१८ को अगष्ट यता कम्पनीको बजार पूँजीकरण तेब्बर भएको छ । त्यतिबेला पहिलो पटक बजार पूँजीकरणले १० खर्ब डलरको स्तर पार गरेको थियो ।  कोरोना भाइरसको महामारी बीच रिमोट लर्निङ र टेलिवर्क उपकरणको उच्चमाग बीच आइफोन र ल्यापटपको विक्री तीव्र दरमा बढेसँगै कम्पनीको शेयरमूल्य बढेको छ । बजार पूँजीकरण सन् २०२० को अगष्टमा २० खर्ब डलरमाथि उक्लियो । संगित वितरणलगायत अन्य व्यवसायमा सुदृढ प्रदर्शनले पनि कम्पनीको वृद्धिलाई टेवा दिएको हो ।एजेन्सीहरु

आइफोन १३ को बिक्री १ करोड कम हुने

काठमाडौं । मोबाइल फोनमा प्रयोग हुने सेमिकन्डक्टर अर्थात् चिपको विश्वव्यापी अभावले आइफोन १३ को व्यापारमा गम्भीर धक्का लागेको छ । चिप अभावकै कारण आइफोन १३ को बिक्रीमा १ करोड गोटाले कटौति हुने भएको छ । सन् २०२१ को अन्त्यसम्ममा विश्व बजारमा ९ करोड गोटा आइफोन १३ सिरिज बिक्री गर्ने लक्ष्य एप्पलको थियो । तर आइफोनका […]