सिनर्जी पावरको सभाले पारित गर्‍यो हकप्रद र लाभांश प्रस्ताव

भदौ १९, काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १५ औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय बालुवाटारमा आयोजित सभाले  हाल कायम चुक्तापूँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांश गरि कुल १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  साथै सभाले हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ । यसअघि कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पूँजीको २ बराबर१ को अनुपातमा हुन आउने हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको थियो । सभालेआर्थिक वर्ष २०७७/ ७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू तथा आर्थिक वर्ष २०७८/ ७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ । सभाबाट सञ्चालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष इन्द्र बहादुर थापाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन पनि पारित भएको छ ।

सम्बन्धित सामग्री

युनाइटेड मोदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । मङ्सिर १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आफ्नो उद्देश्यबमोजिम जलविद्युत आयोजनामा लगानी गर्न हाल कायम चुक्ता पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । प्रस्तावित हकप्रद शेयर नियमनकारी निकायबाट स्वीकृत गराई आगामी साधारण सभाबाट पारित गराउने कम्पनीले जानकारी दिएको छ । साधारण सभाबाट पारित गरेपछि नेपाल धितोपत्र बोर्डको स्वीकृतिका लागि पेस हुनेछ । कम्पनीले यस वर्षका हालसम्म लाभांश प्रस्ताव गरेको छैन । गत वर्ष कम्पनीले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँ छ । शतप्रतिशत हकप्रद निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ४६ करोड १० लाख रुपैयाँ कायम हुनेछ ।

अपर तामाकोशीले भदौ ६ गते बोलायो साधारण सभा, छैन लाभांश प्रस्ताव

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले भदौ ६ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । असार २८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा उक्त दिन बिहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले अघिल्लो आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आर्थिक वर्ष ०७९/८० को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । हालसम्म नोक्सानीमै रहेको यस कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन । शत प्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरिसकेको कम्पनीले साउन २६ गते हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज गर्ने मिति तय गरिसकेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँको आधारमा शत प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो ।  १५औं वार्षिक साधारण सभामार्फत कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लास्थित विभिन्न सामाजिक संस्थाहरूलाई उपलब्ध गराएको आर्थिक सहयोग रकम अनुमोदन गर्ने कार्यक्रमसमेत तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन २६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा साउन २५ गतेसम्म कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।

मेडिकेयर हस्पिटलले आईपिओ निष्काशन गर्ने, ३०.७४ प्रतिशत लाभांश प्रस्ताव

मेडिकेयर हस्पिटल लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपिओ निष्कासन गर्ने प्रस्ताव सहित असोज २२ गते शनिवार साधारणसभा आह्वान गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ९० प्रतिशत हकप्रद जारी गर्ने र त्यसपछि कायम पुँजीको १० प्रतिशत शेयर सर्वसाधारणलाई जारि गर्ने प्रस्ताव सभामा लैजान लागेको हो । कम्पनीको सभामा आईपिओ निष्काशन गर्नको लागि नियमावली र प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र थप संशोधन गर्नु परे संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने छ ।त्यस्तै सभामा लाभांश प्रस्ताव पेश हुने छ । संचालक समितिको सिफारिस बमोजिम २०७९ साल आषाढ मसान्तमा समाप्त भएको आर्थिक बर्षको मुनाफा रकमबाट कम्पनीको चुक्ता पूँजीको कर सहित १०.५२६३ (दश दशमलव पाँच दुइ छ तीन) प्रतिशतका दरले शेयरधनीलाई नगद लाभांश तथा हालको चुक्ता पूँजीको २०.२२६८ (बीस दशमलव दुइ दुइ छ आठ) प्रतिशत बोनस शेयर जारी गर्ने र उक्त जारी गर्दा शेयरधनीले तिर्नुपर्ने कर शेयरधनीको तर्फबाट अस्पतालले व्यहोर्ने गरी बोनस शेयर वितरण गर्न स्वीकृत प्रदान गर्ने प्रस्ताव सभामा पेश हुने छ  । कम्पनीको शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना संचालकहरुको निर्वाचन गर्ने तथा वित्तीय विवरणहरु पारित गर्ने प्रस्ताव पनि सभामा पेश हुने छन् ।कम्पनीले चाबहिलमा रहेको हस्पिटलबाट विभिन्न स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।

अपर तामाकोशीको साधारणसभा आज, यस्ता छन् हकप्रद निष्काशन सहितका १० प्रस्ताव

अपर तामाकोशी हाईड्रोपावर लिमिटेडले आज भदौ ३ गते साधारणसभा गर्दै छ। कम्पनीले शुक्रबार बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा  सभा आह्वान गरेको हो । सभामा हकप्रद निष्काशन गर्ने सहितका विविध प्रस्ताव [पेश हुने छन् । कम्पनीको संचालक समितिको असार ३० गते बसेको बैठकले हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो । कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।  कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।यस्ता छन् सभामा पेश हुने प्रस्ताव: सामान्य प्रस्ताव१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत हुने कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने ।२. लेखापरीक्षणको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सानहिसाव र नगद प्रवाह सहितको आर्थिक विवरणमाथि छलफल गरी पारित गर्ने ।३. लेखापरीक्षण ऐन, २०७५ को दफा ११ बमोजिम श्री महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५ (घ) को प्रावधानअनुरुप लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावपारित गर्ने ।४. कम्पनीको प्रबन्धपत्र तथा नियमावली अनुसार समूह-'ख' अन्तर्गत सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जनामहिला सहित ४ जना सञ्चालकहरूको निर्वाचन/मनोनयन वा नियुक्त गर्ने ।५. विविध ।विशेष प्रस्ताव१. कम्पनीको पूँजि बृद्धिको लागि प्रबन्धपत्रमा संशोधन गर्ने र विद्यमान चुक्ता पूँजिको आधारमा १:१ को अनुपातमा हकप्रद शेयर जारी गरी पूँजि संकलन गर्नेसम्बन्धमा।२. प्रबन्धपत्रमा प्रस्तावित संशोधनहरूमा नियमन निकायहरूको निर्देशनमा परिमार्जन, हेरफेर तथा थपघट गर्न आवश्यक हुने भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।३. आयोजना प्रभावित दोलखा जिल्ला स्थित विभिन्न सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णयानुसारआ.व.२०७७/७८ मा उपलब्ध गराइएको आर्थिक सहयोग रकम अनुमोदन गर्ने सम्बन्धमा ।४. सञ्चालक समितिको बैठक भत्ता सम्बन्धमा ।५. विविध ।

अपर तामाकोशीले सच्यायो साधारणसभाको सूचना, बल्ल समावेश भयो हकप्रद प्रस्ताव

अपर तामाकोशी हाईड्रोपावर लिमिटेडले साधारणसभा आह्वानबारे दोस्रो पटक सूचना प्रकाशन गरेको छ। कम्पनीले यस अघि प्रकाशन गरेको सूचनामा हकप्रद समबन्धी प्रस्ताव उल्लेख नभएकोमा दोसो पटकको सूचनामा भने हकप्रद प्रस्ताव समावेश गरेको छ ।कम्पनीले पहिलो पटक प्रकाशन गरेको साधारणसभाको सूचनामा हकप्रदको प्रस्ताव नराखेपछि लगानीकर्ता अलमलमा परेका थिए। कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बिजपाटीसंगको कुराकानीमा हकप्रदको प्रस्ताव साधारणसभाको सूचनामा छुटेको र त्यसलाई सच्याएर अर्को सूचना प्रकाशन गर्ने जनाएका थिए। उनले दोस्रो पटक सूचना प्रकाशन हुँदा हकप्रद प्रस्ताव सहित समावेश भएर आउने बताएका थिए । सोहि अनुसार कम्पनीले सूचना निकालेर नेप्सेलाई जानकारी गराएको छ ।यस अघि : अपर तामाकोशीको साधारणसभाको सूचनामा किन छैन हकप्रद प्रस्ताव ? यसो भन्छन् सीइओ श्रेष्ठकम्पनीको संचालक समितिको असार ३० गते बसेको बैठकले हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो ।कम्पनीले भदौ ३ गते शुक्रबार बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा आह्वान गरेको हो । कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।यस्ता छन् सभामा पेश हुने प्रस्ताव: सामान्य प्रस्ताव१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत हुने कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने । २. लेखापरीक्षणको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सानहिसाव र नगद प्रवाह सहितको आर्थिक विवरणमाथि छलफल गरी पारित गर्ने । ३. लेखापरीक्षण ऐन, २०७५ को दफा ११ बमोजिम श्री महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५ (घ) को प्रावधानअनुरुप लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावपारित गर्ने । ४. कम्पनीको प्रबन्धपत्र तथा नियमावली अनुसार समूह-'ख' अन्तर्गत सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जनामहिला सहित ४ जना सञ्चालकहरूको निर्वाचन/मनोनयन वा नियुक्त गर्ने । ५. विविध । विशेष प्रस्ताव१. कम्पनीको पूँजि बृद्धिको लागि प्रबन्धपत्रमा संशोधन गर्ने र विद्यमान चुक्ता पूँजिको आधारमा १:१ को अनुपातमा हकप्रद शेयर जारी गरी पूँजि संकलन गर्नेसम्बन्धमा। २. प्रबन्धपत्रमा प्रस्तावित संशोधनहरूमा नियमन निकायहरूको निर्देशनमा परिमार्जन, हेरफेर तथा थपघट गर्न आवश्यक हुने भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा । ३. आयोजना प्रभावित दोलखा जिल्ला स्थित विभिन्न सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णयानुसारआ.व.२०७७/७८ मा उपलब्ध गराइएको आर्थिक सहयोग रकम अनुमोदन गर्ने सम्बन्धमा ।४. सञ्चालक समितिको बैठक भत्ता सम्बन्धमा । ५. विविध ।

राधी विद्युतको साधारणसभा आह्वान, छैन लाभांश प्रस्ताव

राधी विद्युत कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ को आह्वान गरेको हो । कम्पनीले साउन ३० गते सोमबार सभा गर्न लागेको हो । कम्पनीले साधारणसभाको लागि साउन २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश भने घोषणा गरेको छैन । कम्पनीको सभामा संचालक समितिको आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आ.व. २०७७/७८ को वासलात, नाफा-नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने र आ.व. २०७८/७९ को लागि लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ।कम्पनीले हकप्रद निष्काशनको पनि तयारी गरिरहेको छ । कम्पनीले हकप्रद निष्कासन अनुमै माग गर्दै बैशाख २८ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको  १:१.४७५२ को अनुपातमा अर्थात् १४७.५२ प्रतिशत हकप्रद शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीले प्रति शेयर १०० का दरले ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको हो ।   कम्पनीले हालको आयोजनाको ऋण तिर्न र ४५ मेगावाटको नयाँ आयोजनामा लगानी गर्न हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीलाई विद्युत नियमन आयोगले हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरिसकेको छ। आयोगले आयोगले तोकेका शर्त पालना हुने गरि हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरेको हो । कम्पनीले हकप्रद निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ ।

बरुण हाइड्रोको साधारणसभा आह्वान , हकप्रदलाई निरन्तरता दिने प्रस्ताव

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड Barun Hydropower Company  ले साधारणसभा आह्वान गरेको छ ।कम्पनीले पुस २९ गते बिहिबार अनामनगर स्थित आफ्नै रजिष्टर्ड कार्यालयमा सभा आह्वान गरेको हो । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १५ गतेसम्म कायम शेयरधनीले मात्र  सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्नु हुने आ.व २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने , आ.व.२०७७/०७८ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने , आ. व.२०७८/०७९ को लेखा परिक्षण गर्न लेखा परिक्षकको नियुक्ति एवंम निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छन् ।  २०७३ आषाढ २० गते सम्पन्न विशेष साधारण सभाबाट पारित भएको १:१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई निरन्तरता दिने प्रस्ताव पनि सभामा पेश हुने छ।बरुण हाइड्रोको २०७३ असार २० गते सम्पन्न विशेष साधारणसभाले १:१ अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। तर अहिलेसम्म कम्पनी हकप्रद निष्काशन गरेको छैन । कम्पनीले यस अघि नै हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिए पनि बोर्डले ६ महिनासम्म पनि माग गरेको कागजात नबुझाएको भन्दै हकप्रद आवेदन नै खारेज गरिदिएको थियो । हाल कम्पनीले फेरी हकप्रद निष्काशन प्रक्रिया अगाडी बढाएको हो । कम्पनीले हकप्रद शेयर निष्काशनको लागि बिक्रि प्रबन्धक भने चयन गरिसकेको छ  । कम्पनीले आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाण्डौंलाई विक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।

ङादी ग्रुप पावरले प्रस्ताव गर्‍यो हालसम्मकै उच्च लाभांश

साउन ३१, काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले आइतवार हालसम्मकै उच्च लाभांश प्रस्ताव गरेको छ ।  कम्पनीको साउन ३१ गतेको सञ्चालन समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यस अघि कम्पनीले १० दशमलव ५३ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो ।  यस वर्ष हालसम्मकै उच्च लाभांश प्रस्ताव गरेको कम्पनीले बोनस पछि कायम चुक्तापूँजीको आधारमा २०० प्रतिशत हकप्रद शेयर वितरण गर्ने निर्णय समेत गरेको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।  कम्पनीले विक्री गर्ने निर्णय गरेको हकप्रद शेयर भने आगामी वार्षिक साधारण सभाले पारित गरेपछि नियामक निकायले स्वीकृति दिएपछि मात्र सार्वजनिक निष्कासनमा आउनेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ५८ करोड ९१ लाख १० हजार रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. १३ करोड ६३ लाख ३ हजार रहेको छ ।  उक्त अवधिसम्म कम्पनीले रू. १२ करोड २७ लाख ७१ हजार खुद नाफा गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. २४ दशमलव ९३ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १२३ दशमलव १४ रहेको छ ।