थप ४ हजार भाइल 'रेम्डेसिभिर' काठमाडौं आइपुग्यो

काठमाडौं। कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारका लागि प्रयोग हुने औषधि 'रेम्डेसिभिर' को थप चार हजार भाइल काठमाडौ आइपुगेको छ। आयान हेल्थकेयर प्रालिले इन्सेक्ट्रा बंगलादेशबाट आज चार हजार भाइल रेम्डेसिभिर ल्याएर विभिन्न अस्पताललाई वितरण गरेको हो। औषधि व्यवस्था विभागले सात हजार भाइल औषधि ल्याउन दुई कम्पनीलाई अनुमति दिएको थियो। मंगलबार मात्रै हाम्रो मेडि कन्सर्नले बंगलादेशबाट ३ हजार भाइल रेम्डेसिभिर ल्याएको थियो।

सम्बन्धित सामग्री

बालबालिकाका लागि थप २३ लाख खोप काठमाडौं आइपुग्यो

१९ असार, काठमाडौं । ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको करिब थप २३ लाख मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले कोभ्याक्स सुविधामार्फत २२ लाख ९९ हजार २ सय मात्रा पेडियाट्रिक डोज खोप आइतबार आइपुगेको बताए । चौरासियाका अनुसार खोप अभियान सञ्चालन गरिएका २७ […]

५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि २३ लाख खोप काठमाडौं आइपुग्यो

५ देखि ११ वर्षसम्मका बालबालिका लागि कोरोनाभाइरसविरुद्धको थप करिब २३ लाख मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ।

थप सात लाख ६६ हजार डोज फाइजर खोप नेपाल आइपुग्यो

काठमाडौं । अमेरिकी सरकारको सहयोगमा प्रदान गरिएको सात लाख ६६ हजार ३५० डोज फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत नेपालमा उपलब्ध गराएको खोप शुक्रबार नेपाल आइपुगेको हो । थप खोप आउने क्रममा रहेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । अहिलेसम्म अमेरिकाले विश्वका करिब ११० भन्दा बढी देशहरूमा ५० करोडभन्दा बढी डोज खोप उपलब्ध गराइसकेको […] The post थप सात लाख ६६ हजार डोज फाइजर खोप नेपाल आइपुग्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

थप १३ लाख मात्रा खोप नेपाल आइपुग्यो

काठमाडौं, २ फागुन । कोरोना भाइरसविरुद्धको थप १३ लाख १२ हजार ८० मात्रा एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । बेलायत सरकारको सहयोगमा कोभ्याक्स सुविधामार्फत एस्ट्राजेनेका खोप आएको हो । आपूर्ति व्यवस्थापन महाशाखाको अनुसार यसअघि नै बेलायत सरकारको सहयोगमै ८ लाख ६२ हजार ८० मात्रा खोप आएको छ । बेलायतको सहयोगमा कोभ्याक्स सुविधामार्फत २१ लाख ७४ […]

चीनबाट थप एक लाख डोज खोप आइपुग्यो

छिमेकी मुलुक चीनबाट आज थप एक लाख डोज कोरोना विरुद्धको खोप काठमाडौं आइपुगेको छ ।

थप ४४ लाख मात्रा भेरोसेल खोप नेपाल आइपुग्यो

काठमाडौं, १ असोज । नेपाल सरकारले चीनबाट खरिद गरेको थप ४४ लाख मात्रा भेरोसेल खोप आज नेपाल आइपुगेको छ । सरकारले खरिद गरेको उक्त खोप नेपाल बायुसेवा निगमको वाइडबडी जहाज मार्फत आज ल्याइएको हो । खरिद गरेको ६० लाख मात्रा खोप मध्ये ४० लाख मात्र खोप आज काठमाडौं आइपुगेको स्वास्थ्य विभागले जनाएको छ । आज […]

चीनबाट थप ८ लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौं, साउन ८ । चीनबाट शुक्रबार थप ८ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी बिमानले खोप ल्याएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिनुभयो । निगमको बिमानले बिहीबार १० लाख डोज खोप ल्याएको थियो । थप ८ लाख डोज खोप लिन बिमान शनिबार फेरि बेइजिङ जाने छ । चीनको […]

चीनबाट थप ८ लाख भेरोसेल खोप आइपुग्यो

काठमाडौं :  चीनबाट आज थप ८ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप आइपुगेको छ। खोप लिएर नेपाल वायुसेवा निगमकाे विमान दिउसो २ बजे त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा अवतरण गरेको हो।स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था शाखाका बडेवाबु थापाका अनुसार हाल खोपलाई विमानस्थलमा रहेको भण्डार कक्षमा स्टोर गर्न लागिएको छ। उनले भने ' खोप आइपुगेको छ, हामीले यही भण्डार गर्न लागेका छौँ, यहीबाट वितरण हुन्छ।'निगमकाे विमानले आगामी आइतबारसम्म तीनवटा उडान गरी कम्तिमा २४ लाख डोज खोप काठमाडौं ल्या

तिब्बतबाट एक लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो

काठमाडौं। चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई उपलब्ध गराउने दुई लाख डोज कोरोना खोपमध्ये एक लाख डोज आज काडमाडौं आइपुगेको छ। नेपालको लागि चिनियाँ राजदूत हउ यान्छीले यसको पुष्टि गरेकी हुन्। बाँकी कोरोना खोपको एक लाख डोज भोलि तिब्बतबाट काठमाडौं आइपुग्नेछ। मे २६ मा चिनियाँ राष्ट्रपतिले नेपालकी राष्ट्रपतिसँग फोनवार्तामा थप १० लाख डोज खोप दिने घोषणा गरेका थिए।

तिब्बतबाट एक लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो

काठमाडौं। चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई उपलब्ध गराउने दुई लाख डोज कोरोना खोपमध्ये एक लाख डोज आज काडमाडौं आइपुगेको छ। नेपालको लागि चिनियाँ राजदूत हउ यान्छीले यसको पुष्टि गरेकी हुन्। बाँकी कोरोना खोपको एक लाख डोज भोलि तिब्बतबाट काठमाडौं आइपुग्नेछ। मे २६ मा चिनियाँ राष्ट्रपतिले नेपालकी राष्ट्रपतिसँग फोनवार्तामा थप १० लाख डोज खोप दिने घोषणा गरेका थिए।