काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा मन्त्री रहेका माओवादी केन्द्रका चार जनाको सांसद पद गुमेको छ। सभामुख अग्निप्रसाद सापकोटाले उनीहरू सांसद नभएको सूचना आजको प्रतिनिधिसभा बैठकमा सुनाएसँगै उनीहरूको पद गुमेको हो।
प्रतिनिधिसभाको बिहीबार बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको जानकारी गराएका हुन्।
संसद बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रले उनीहरूलाई सांसदबाट हटाउन पठाएको पत्रमा छलफल भएको थियो।
यसअघि ग...