के माधव नेपालसहित १४ सांसदको पद जोगिन सक्छ ?

नेकपा एमालेले कारवाही गरेका १४ जना सांसदको पद धरापमा परे पनि सभामुख अग्नि सापकोटाको टेबुलमा पुगेर अडिएको छ । उनीहरुको पद छिटो रिक्त गराउन माग गर्र्दै एमालेका सांसदहरु हरेक दिनजसो सिंहदरबारस्थित सभामुखको कार्यालयमा धाउन थालेका छन् ।बिहीबार सभामुख सापकोटालाई भेटेर ज्ञापन पत्र दिँदै तत्काल उनीहरुलाई कारवाही गरेको सूचना टाँस गर्न एमाले नेताहरुले दबावका साथै चेतावनीसमेत दिए । शुक्रबार बिहान पनि उनीहरु सभामुख सापकोटालाई भेट्न भन्दै उनको कार्यकक्षमा डेढ घण्टा धर्ना बसे । जतिबेला सभामुख भने सिन्धुपाल्चो

सम्बन्धित सामग्री

रातोपाटी ब्रिफिङ : माधव नेपालसहित १४ सांसदको पद जोगियो

आज २०७८ भदौ १३ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा माधव नेपालसहित १४ सांसद माथिको अन्योल समाप्त, नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन, करिब ९ करोड रुपैयाँ बराबरको कोकिनसहित तीन विदेशी पक्राउ, बाढीपहिरोको कहर कायमै, काँग्रेसमा ‘हिन्दु सेन्टिमेन्ट’ बटुल्ने होडबाजी, प्रदेश २ मा दुई मन्त्रीको जिम्मेवारी हेरफेर, लुम्बिनी प्र