निर्वाचन आयोग पुगेका एमालेका चार सांसदको पद धरापमा

नेकपा एमालेमा विभाजन हुँदा चार जना सांसदको पद धरापमा परेको छ । मूल पार्टी एमाले छाडेर माधव नेपालतिर लागेका चारजना सांसदलाई बुधबार निर्वाचन आयोगले सनाखतका लागि मान्यता नदिएपछि उनीहरुको पद धरापमा परेको हो ।माधव नेपालले गत भदौ २ गते निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिँदा हस्ताक्षर नगरी बसेका संघीय सांसदहरु सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदादेवी भट्टले भदौ ८ गते एकीकृत समाजवादीमै सनाखत गर्न पाउँ भन्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर, आयोगले उनीहरुको निवेदन अस्वीकार ग

सम्बन्धित सामग्री

नेपालसहित १४ सांसदको पद खारेजीसम्बन्धी रिट ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौँ । सर्वोच्च अदालतमा नेकपा (एमाले)ले निष्कासन गरेको माधवकुमार नेपालसहित १४ सांसद, निर्वाचन आयोग र सभामुखविरुद्ध परेको मुद्दाको सुनुवाइ ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । आज (सोमबार) सर्वोच्चका न्यायाधीश तेजबहादुर केसी र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ तोकिएको थियो । एमाले अध्यक्ष केपी ओलीले पार्टीले कारबाही सिफारिस गरेका १४ सांसद, सभामुख, निर्वाचन आयो […]

ओलीको रिटमा सक्कल फाइल मगाउन सर्वोच्चको आदेश

काठमाडौं : नेकपा (एमाले) ले कारबाही गरेका १४ सांसदको पद खारेजीसम्बन्धी  रिटमाथि सर्वोच्च अदालतले सक्कल फाइल मगाउन आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र डा कुमार चुडालकाे संयुक्त इजलासले निर्वाचन आयोग र संसद सचिवालयलाई सक्कल फाइन मगाउन आदेश दिएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए।  सोमबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कारबाही सिफारिस गरेका माधवकुमार नेपालसहितका १४ सांस

सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाएर एमाले गयो सर्वोच्च अदालत

नेकपा एमालेले सभामुख अग्नि सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुखलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ । एमालेले कारवाही गरेको १४ जना सांसदको पद सभामुख अग्नि सापकोटाले जोगाइदिएको र कारवाहीको जानकारी गराउँदा पनि निर्वाचन आयोगले ती सांसदहरूलाई अर्को पार्टीको पक्षमा सनाखत गराएर कानूनविपरीत काम गरेको दाबी एमालेले गरेको छ । त्यसै गरी लुम्बिनी प्रदेशका सभामुखले एमालेले कारवाही गरेका दुई जना सांसदलाई बर्खास्त नगरेको भन्दै उनीविरुद्ध पनि एमालेले मुद्दा दर्ता गरेको छ । लुम्बिनी प्रदे...