काठमाण्डाै – प्रतिनिधि सभाका चार सांसदको पद रिक्त भएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा सभामुख अग्नि सापकोटाले नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार सांसदको पद खारेज भएको जानकारी गराएसँगै औपचारिक रूपमा बिहीवारदेखि चार सांसदको पद रिक्त भएको हो ।
प्रतिनिधि सभा चुनावमा प्रत्यक्ष निर्वाचित सांसदहरू अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली ४ का लेखराज भट्ट, रौतहट ३ का प्रभु शाह र कैलाली ३ का गौरीकशङ्कर चौधरी सांसद पदबाट मुक्त भएका हुन् । प्रत्यक्ष निर्वाचित सांसदहरूको पद रिक्त भए...