एमाले प्रवेश गरेका माओवादीका चार सांसदको पद पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ– सर्वोच्च अदालतले माओवादी छाडेका चार सांसदको पद पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको छ। एमालेका छिरेका पूर्वमाओवादी सांसदहरु लेखराज भट्ट, टोबहादुर रायमाझी, प्रभु साह र गौरशंकर चौधरीले आफूहरु एमाले प्रवेश नगरेको दाबी गर्दै सर्वोच्च रिट निवेदन दिएका […]

सम्बन्धित सामग्री

जसपाकी निवर्तमान सांसद अग्रहरी एमाले प्रवेश

काठमाडौँ – जसपाकी निवर्तमान सांसद अमृता अग्रहरी एमाले प्रवेश गरेकी छिन्। सांसदको पद सकिएको भोलिपल्ट आइतबार एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेर अग्रहरीले पार्टी प्रवेश गरेकी हुन्। उनी जसपाको सामानुपातिक तर्फकी सांसद थिइन्। अग्रहरी नेपाल सद्भावना पार्टीको संस्थापक सदस्य हुन्। २०४६ सालमा सद्भावना स्थापना हुँदा उनी पनि एक थिइन्।

एमालेबाट राष्ट्रियसभाको उप निर्वाचनमा गृहमन्‍त्री बादल उम्मेदवार

काठमाडाैं। जेठ ६ गते हुने राष्ट्रियसभाको निर्वाचनमा एमालेबाट गृहमन्‍त्री रामबहादुर थापा बादल उम्मेदवार हुने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आजको केन्द्रीय कमिटी बैठकमा एमाले प्रवेश गरेका कारण सांसाद पद गुमाएका सबै माओवादी नेतालाई उपनिर्वाचनमा जिताएर सांसद बनाइने बताएका छन्। माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका १५ जना सांसदको पद रिक्त रहेको छ। माओबादी केन्द्रको उजुरीपछि उनको पद खरेज भएको थियो।

'जननिर्वाचित पद प्रचण्डको सनकमा फालिने व्यवस्था लोकतन्त्र होइन'

काठमाडाैं : नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेशसभा सांसद धर्मराज रेग्मीले जननिर्वाचित सांसदको पद प्रचण्डको सनकमा फालिने व्यवस्था नभएको लेखेका छन्। आज फेसबुकमार्फत लामो स्टाटस लेख्दै उनले 'दैलेखजस्तो माओवादी लेखेटिएको' ठाउँबाट आफूले जिते पनि पार्टीले आफूलाई नबुझेको भन्दै पीडा पोखेका हुन्।  आज माओवादी केन्द्रले उनै रेग्मीलाई पदमुक्त गरेको थियो। माओवादी केन्द्र त्यागेर नेकपा एमाले प्रवेश गरेका उनको सदस्य पद धरापमा परेको हो। उनी दैलेख निर्वाचन क्षेत्र नं १ क बाट निर्वाचित सांसद हुन्...

सासंद पद रिक्त रहेकाेबारे संसद् सचिवालयले निर्वाचन आयाेगलाई जानकारी गराउने

काठमाण्डाै – प्रतिनिधि सभाका चार सांसदको पद रिक्त भएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा सभामुख अग्नि सापकोटाले नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार सांसदको पद खारेज भएको जानकारी गराएसँगै औपचारिक रूपमा बिहीवारदेखि चार सांसदको पद रिक्त भएको हो ।   प्रतिनिधि सभा चुनावमा प्रत्यक्ष निर्वाचित सांसदहरू अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली ४ का लेखराज भट्ट, रौतहट ३ का प्रभु शाह र कैलाली ३ का गौरीकशङ्कर चौधरी सांसद पदबाट मुक्त भएका हुन् । प्रत्यक्ष निर्वाचित सांसदहरूको पद रिक्त भए...

मन्त्री बनेर एमाले प्रवेश गरेका माओवादी केन्द्रका चार सांसदको पद रिक्त

माओवादी केन्द्रका चार सांसदको पद रिक्त भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद रिक्त रहेको जानकारी गराएका...