भेडेटारमा नवौं फुड फेष्टिवल पुस १६ गतेदेखि शुरु

पुस १२, धनकुटा । प्रदेश १ को प्रमुख पर्यटकीयस्थल धनकुटाको भेडेटारमा तीन दिने नवौं भेडेटार फुड फेष्टिवल आयोजना हुने भएको छ । होटल एसोसिएशन अफ भेडेटारले पुस १६ देखि १८ गतेसम्म फेष्टिवल गर्ने भएको हो ।  चिसो मौसम रहने धनकुटादेखि ३५ किलोमिटर दक्षिण तथा धरानदेखि करीब १७ किलोमिटर उत्तरमा अवस्थित भेडेटार पूर्वकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्छ । भेडेटारमा अंग्रेजी नयाँ वर्षको अवसर पारेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फेष्टिवल आयोजना गर्न लागिएको अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए ।  उनका अनुसार पूर्व आउने विदेशी पर्यटकहरुमा सबैभन्दा धेरै भारतीय हुन्छन् । नयाँ वर्षमा भारतीयहरुको विदा हुने भएकोले उनीहरुलाई पूर्वी नेपाल र विषेश गरि भेडेटारमा आकर्षित गर्न फेष्टिवल आयोजना गरिन लागेको उनले बताए । तर यो वर्ष कोभिड-१९ को नयाँ भेरियन्टका भारतीय पर्यटक कम आउने आशंका पनि रहेको अध्यक्ष रुम्दालीले बताए ।  २०६९ सालदेखि हरेक वर्ष हुँदै आएको फेष्टिबल कोभिड १९ का कारण गत वर्ष सञ्चालन हुन सकेको थिएन । धरान र धनकुटाको पर्यटन प्रवर्द्धनमा भेडेटारको उल्लेख्य भुमिका रहेकाले यसको अझै प्रचारप्रसार गर्न र पर्यटनसँगै आर्थिक विकास पनि हुन्छ भनेर अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा फेष्टिवल आयोजना गर्ने निर्णय भएको होटल एसोसिएशन अफ भेडेटारका सल्लाहकार नरबहादुर चेम्जोङले बताए । तीन दिनसम्म हुने फेष्टिवलमा विभिन्न जाति परिकारका स्टलहरु, अर्गानिक खानाका स्टल, स्थानीय कृषि उत्पादनका स्टलहरु राखिने आयोजक होटल एशोसिएशन अफ भेडेटारले जानकारी दिएको छ । फेष्टिबलको अवसरमा भेडेटार धरान प्याराग्लाइडिङ, मुलघाट (चतरा ¥याफ्टिङ, नमस्ते झरनामा पानीबाट डोरी टाँगेर झर्ने क्यानोइङ, साइक्लिनिङ, ध्वजेडाँडाबाट सुर्योदय हेर्ने प्याकेजिङ, राजारानी तालमा बोटिङ जस्ता पर्यटकीय गतिविधि सञ्चालन गरिने भएको छ । त्यस्तै, डाँडाबजारमा रहेको ठूलो अजगंको रुख हेर्ने अवसर, स्थानीय जातिको खानेकुराको प्रदर्शनी, कृषिसँग सम्बन्धित उत्पादित वस्तुको प्रदर्शनी तथा व्यापार हुने आयोजकले जानकारी दिएको छ ।  तीन दिनसम्म हुने फेष्टिवलमा भेडेटार बजारका होटल, घरेलु उद्योग मार्फत बाँसबाट बनेका सामग्री, खुकुरी, ढाकाकपडा, जातीय परिकार गरी १५ विविध प्रकारका स्टलहरु हुनेछन् । फेष्टिवलमा करीब ३० हजार पर्यटकहरु सहभागी हुने आयोजकको अनुमान छ ।  करीब १९ लाख खर्च हुने अनुमान गरिएको फेष्टिवलको अवधिमा भेडेटारमा करीब एक करोडको कारोबार हुने आयोजकको अपेक्षा छ । फेष्टिवल पश्चात वर्षभरिमा भेडेटारमा पर्यटकहरुको वृद्धि हुने अपेक्षा गरिएको आयोजकले जानकारी दिएको छ ।  फेष्टिबलको प्रायोजक गोर्खा ब्रुअरी रहेको छ । यस्तै प्रवर्द्धक नेपाल पर्यटन बोर्ड र सहयोगी साँगुरीगढी गाउँपालिकाको कार्यालय र साँगुरीगढी गाउँपालिका ६ नम्बर वडा कार्यालय रहेका छन् । फेष्टिबलमा राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरु दैनिक प्रस्तुति रहने बताइएको छ । फेष्टिवलको अवधिमा ६ हजार ६०० रुपैयाँ भेडेटारमा, भेडेटार पाथिभरा २७ हजार र धरान पाथिभरा ३२ हजारमा हुँदै आएको माउन्टेन फ्लाइट १५ प्रतिशत छूटमा गराईने सञ्चालक सन्दिप भण्डारीले जानकारी दिए । यस्तै भेडेटार धरान जीपलाईनमा पनि १५ प्रतिशत छूट गरिने आयोजकले जानकारी दिएको छ । भेडेटार धरान जीपलाईन यसअघि एक हजार २००, १ हजार ५०० र २ हजारमा हुँदै आएको छ ।

सम्बन्धित सामग्री

भेडेटार महोत्सव सम्पन्न

धनकुटा– धनकुटामा ११औँ भेडेटार खानपान महोत्सव आज सम्पन्न भएको छ । होटल व्यवशायी सङ्घ भेडेटारको आयोजनामा धनकुटाको साँगुरीगढी गाउँपालिकाको केन्द्र भेडेटारमा यही पुस १५ देखि उक्त महोत्सव सुरु भएको थियो । तीन दिनसम्म सञ्चालन भएको उक्त महोत्सवमा रु एक करोडभन्दा बढीको व्यापार भएको आयोजक संस्थाका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए । महोत्सवको एक लाखभन्दा बढी […]

भेडेटारमा खाना महोत्सव हुने

अंग्रेजी नयाँ वर्ष सन् २०२३ को अवसर पारेर पर्यटकीय स्थल भेडेटारमा परिकार महोत्सव हुने भएको छ । होटेल एसोसिएसन भेडेटारले पुस १६ गतेदेखि १८ गतेसम्म तीनदिने परिकार महोत्सव आयोजना गर्न लागेको...

धनकुटामा अंग्रेजी नयाँ वर्ष २०२३ मा खाना महोत्सव हुने

धनकुटा । प्रदेश-१ काे चर्चित पर्यटकीय क्षेत्र भेडेटारमा अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा खाना महोत्सव आयोजना गरिने भएको छ । धनकुटाको भेडेटारमा शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक होटल एसोसिएशन भेडेटारले महोत्सव आयोजना हुने जानकारी दिएको हो । यहि पुस १६ गतेदेखि ३ दिनसम्म परिकार महोत्सव गर्ने भएको हो । महोत्सवमा स्थानीय खानाका परिकार, अर्गानिक […]

भेडेटार फुड फेस्टिबल सम्पन्न : ५०% भन्दा बढी भारतीय पर्यटक

पुस २०, धरान । अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारेर बाह्य पर्यटकहरुलाई लक्षित गरि भेडेटारमा आयोजित फुड फेस्टिबलमा ५० प्रतिशतभन्दा बढी भारतीय पर्यटकहरु आएका छन् ।  होटल एसोसिएशन अफ भेडेटारले आयोजना गरेको तीन दिने नवौं फुड फेस्टिबलमा १५ हजारभन्दा बढी पर्यटक आएका थिए । ती मध्ये ५० प्रतिशत भारतीय पर्यटक रहेको आयोजकले जानकारी दिएको छ । आइतवार सकिएको फेस्टिबलमा बाह्य पर्यटकहरुको आगमन बढेपछि पर्यटन व्यवसायीहरु थप उत्साहित भएका छन् ।  भारतीय पर्यटकको आगमनले कोभिड महामारीपछि थला परेको पूर्वको पर्यटन उद्योगमा उत्साह थपिएको होटल एसोसिएशन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । उनले भने, ‘यसपाली भारतीय पर्यटकहरु पनि धेरै आए, अंग्रेजी नयाँ वर्ष उत्साहजनक रह्यो, कोभिडले थला परेको पर्यटनको लागि यो सुखद हो ।’ कोभिड महामारीको त्रास कम हुँदै गएकोले मानिसहरुलाई घुम्ने वातावरण बन्दै गएको व्यवसायीहरुको भनाइ छ । यसपाली नयाँ वर्ष नजिकिँदै गर्दा मौसमले पनि साथ दिएकोले पर्यटकहरुको आगमन बढेको हो । फेस्टिबललाई पहाडी क्षेत्रमा परेको हिउँले पनि सहयोग पु¥याएको छ । पहाडी क्षेत्रहरु हिले, चित्रे, तिनजुरे क्षेत्रमा परेको हिउँ हेर्न आएका पर्यटकहरु भेडेटारमै बास बसेका थिए ।  अध्यक्ष रुम्दालीले भने, ‘हिउँमा रमाउन पनि धेरै पर्यटकहरु आएका रहेछन्, हिउँमा रमाएर फर्कदा भेडेटारमा बास बसेको देखियो ।’ भेडेटारमा जिपलाइन, हेलि टुर, प्याराग्लाइडिङ जस्ता नयाँ प्रोडक्ट थपिएकोले पनि पर्यटकहरु आकर्षित भएका हुन् । तीन दिनमा ५० लाख बढी कारोबार भएको एशोसिएशनले जानकारी दिएको छ । भेडेटार घुम्न आउने पर्यटकहरुको लागि पाथीभारा देवी मन्दिर, शंखेश्वर महादेव र भेडेटार पार्क, थुम्किस्थित आत्माघर, नाम्जेको होम स्टे, सुर्योदय पार्क थुम्की, नमस्ते झरना, साँगुरीगढी, ओख्रे भ्यु टाँवर, राजारानीस्थित ध्वजे डाँडा, अजंगको वरको रुख लगायत पर्यटकीय गन्तव्यहरु छन् ।  पर्यटन व्यवसायी तथा होटल व्यवसायी महासंघका प्रदेश १ सचिव वासुदेव वरालले अंग्रेजी नयाँ वर्षमा पर्यटकहरुको आगमनले उत्साहित बनाएको बताउँदै ग्राहकहरुको कमी नभएको तर प्रोडक्ट तथा पर्यटकीय आकर्षणहरुको कमी देखिएको बताए ।

नवौं भेडेटार फुड फेष्टिवल शुरु (फोटो फिचर)

पुस १८, धनकुटा । प्रदेश नं १ को प्रमुख पर्यटकीयस्थल धनकुटाको भेडेटारमा तीन दिने नवौं भेडेटार फुड फेष्टिवल शुरु भएको छ ।  होटल एसोसिएशन अफ भेडेटारको आयोजनामा फेष्टिवल शुरु भएको हो । फेष्टिवलको उद्घाटन प्रदेश नं १ का भौतिक योजना तथा पूर्वाधार मन्त्री हिमाल कार्कीले गरेका हुन् । उक्त अवसरमा मन्त्री कार्कीले भेडेटारको विकासको लागि प्रदेश सरकार सधै तयार रहेको बताए । भेडेटारमा अंग्रेजी नयाँ वर्षको अवसर पारेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फेष्टिवल आयोजना गरिएको अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए । उनका अनुसार भेडेटार आउने विदेशी पर्यटकहरुमा सबैभन्दा धेरै भारतीय हुन्छन् । नयाँ वर्षमा भारतीयहरुको विदा हुने भएकोले उनीहरुलाई पूर्वी नेपाल र विषेश गरि भेडेटारमा आकर्षित गर्न फेष्टिवल आयोजना गरिएको हो ।  धरान र धनकुटाको पर्यटन प्रवर्द्धनमा भेडेटारको उल्लेख्य भुमिका रहेकाले यसको अझै प्रचारप्रसार गर्न र पर्यटनसँगै आर्थिक विकास पनि हुन्छ भनेर अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा फेष्टिवल आयोजना गरिएको हो ।  तीन दिनसम्म हुने फेष्टिवलमा विभिन्न जाति परिकारका स्टलहरु, अर्गानिक खानाका स्टल, स्थानीय कृषि उत्पादनका स्टलहरु गरी १५ ओटा स्टलहरु रहेका छन् । फेष्टिवलमा विभिन्न जातिको झाँकी प्रस्तुत गरिएको छ । फेष्टिवल उद्धाटनको अवसरमा हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको छ । फेष्टिबलको अवधिमा भेडेटार धरान प्याराग्लाइडिङ, मुलघाट (चतरा र्‍याफ्टिङ, नमस्ते झरनामा पानीबाट डोरी टाँगेर झर्ने क्यानोनोइङ, साइक्लिनिङ, ध्वजेडाँडाबाट सुर्योदय हेर्ने प्याकेजिङ, राजारानी तालमा बोटिङ जस्ता पर्यटकीय गतिविधि सञ्चालन हुनेछन् भने डाँडाबजारमा रहेको ठूलो अजगंको रुख हेर्ने अवसर, स्थानीय जातिको खानेकुराको प्रदर्शनी, कृषिसँग सम्बन्धित उत्पादित वस्तुको प्रदर्शनी तथा व्यापार हुने आयोजकले जानकारी दिएको छ ।  फेष्टिवलमा करीब ३० हजार पर्यटकहरु सहभागी हुने आयोजकको अनुमान छ । करीब १९ लाख खर्च हुने अनुमान तथा करीब एक करोडको कारोबार हुने आयोजकको अपेक्षा छ । फेष्टिवल पश्चात वर्षभरिमा भेडेटारमा पर्यटकहरुको वृद्धि हुने अपेक्षा गरिएको आयोजकले जानकारी दिएको छ ।  फेष्टिवलको अवधिमा ६ हजार ६०० रुपैयाँ भेडेटारमा, भेडेटार पाथिभरा २७ हजार र धरान पाथिभरा ३२ हजारमा हुँदै आएको माउन्टेन फ्लाइट १५ प्रतिशत छूटमा गराईने सञ्चालक सन्दिप भण्डारीले जानकारी दिए ।  यस्तै, भेडेटार धरान जीपलाईनमा पनि १५ प्रतिशत छूट गरिने आयोजकले जानकारी दिएको छ । भेडेटार धरान जीपलाईन यसअघि एक हजार २००, १ हजार ५०० र २ हजारमा हुँदै आएको छ ।                                                                    तस्वीर : ईश्वर थापा/आर्थिक अभियान

भेडेटारमा परिकार महोत्सव हुने

नयाँ बर्षको अवसर पारेर धनकुटाको पर्यटकीयस्थल भेडेटारमा ९औं परिकार महोत्सव हुने भएको छ । धनकुटाको भेडेटारमा सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले दिएको जानकारीअनुसार महोत्सव अंग्रेजी नयाँ वर्षको अवसरम यही पुस १६ गते बाट १८ गतेसम्म तीन दिन आयोजना हुने आयोजक होटल एसोसियन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए । कोरोना महामारीका कारण थलापरेको पर्ययटन […]

अंग्रेजी नयाँ वर्षमा भेडेटारमा भेडेटार फुड फेस्टिवल

धनकुटा : प्रदेश १ को प्रमुख पर्यटकीय स्थल धनकुटाको भेडेटारमा तीन दिने ‘नवौं भेडेटार फुड फेस्टिवल’ हुने भएको छ। होटल एसोसिएसन अफ भेडेटारले पुस १६ देखि १८ गतेसम्म फेस्टिवल गर्ने भएको हो।अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिवल आयोजना गर्न लागिएको अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए। उनका अनुसार पूर्व आउने विदेशी पर्यटकहरुमा सबैभन्दा धेरै भारतीय हुन्छन। नयाँ बर्षमा भारतीयहरुको बिदा हुने भएकाले उनीहरुलाई पूर्वी नेपाल र विषेश गरि भेडेटारमा आकर्षित ग

भेडेटारमा खाना महोत्सव हुने

प्रदेश न. १ कै उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा परिचित धनकुटाको भेडेटारमा अंग्रेजी नयाँ वर्ष सन् २०२० को अवसरमा खाना महोत्सव हुने भएको छ । होटल एसोसिएसन भेडेटारको आयोजनामा गरिने महोत्सव यही पुस १५ देखि १७ गतेसम्म सञ्चालन हुनेछ । आयोजक भेडेटार होटल एसोसिएसन अफ भेडेटारले पुस १५ देखि १७ गतेसम्म अंग्रेजी नयाँ वर्ष सन् २०१२० को अवसर पारेर खाना महोत्सव आयोजना गर्न लागेकोे एसोसिएसनका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी ।

घाम ताप्न पर्यटकहरु भेडेटारमा

३० पुस, इटहरी । चिसो बढेसँगै सुनसरी र धनकुटाको सीमा क्षेत्र भेडेटारमा पर्यटकहरु बढेका छन् । जाडो समयमा घाम ताप्न पर्यटकहरु भेडेटारसम्म पुग्ने गरेका हुन् । हाल दैनिक औषतमा १५ सय जना पर्यटकहरु भेडेटार पुग्ने गरेको व्यवसायीहरुको भनाइ छ । भेडेटारमा हिउँदमा पनि विहानै घाम लाग्ने भएकोले पर्यटकहरु बढेको होटल एशोसिएसन भेडेटारका …

भेडेटारमा राजेशपायललाई ‘वान्स मोर’

सिद्धराज राई/उज्यालो ।   धनकुटा, पुस १८ – ‘राई इज किङ’ को पुरानै स्टाइल । धित मरुन्जेल गीत गाउने । दर्शक र स्रोतालाई भरपुर म...